ढाकावाङमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर आज सम्पन्न

हरी भुसाल जेठ २६ अर्घाखाँची – भुमिकास्थान नगरपालिकाको आयोजना र अर्घाखाँची आयुर्वेद स्वास्थय केन्द्रको सहयोगमा जिल्लाको ढाकावाङमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सनिबार सम्पन्न भएको छ । ढाकावाङको पिपलनेटामा सम्पन्न शिविरमा नगरपालिकाका १ र २ नं वडाका करीव ३ सय ५० जनाले सेवा लिएको जनाईएको छ ।कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले स्वास्थ्य नै मुख्य धन रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति चनाखो रहनुपर्नेमा जोड दिएका थिए । जिल्ला आयुर्वेद प्रमुख डा अर्जुनराज शर्मा सहित सात जनाको चिकित्सक टोलीले सुगर सहित निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

स्वास्थ्य परिक्षणको क्रममा ग्याष्ट्रिक बाथरोगका बिरामी बढी रहेको पाईएको र खानपानमा ध्यान दिन आग्रह गरिएको भुमिकास्थान नगरपालिकाका कम्प्युटर अपरेटर नारायण बन्जाडेले जानकारी दिए । कार्यक्रममा भुमिकास्थान नगरपालिका २ नं वडाका अध्यक्ष बुद्धि बहादुर थापा, विश्व माध्यमिक बिद्यालयका प्रधानाध्यापक जुमलाल खनाल, तेज प्रसाद दमासे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं १ का वडाअध्यक्ष भोजराज खनालको अध्यक्षता र आयुर्वेद स्वास्थ्य केन्द्रका कमल आचार्यको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.