मिडिया काउन्सिल विधेयक फिर्ता लिन अर्घाखाँचीका पत्रकारहरुको माग ।

प्रेसलाई कुण्ठीत गर्ने विधेयक फिर्ता लिन अर्घाखाँचीका पत्रकारको माग


श्याम घिमिरे जेठ २६ अर्घाखाँची –
सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित रहेको भन्दै अर्घाखाँचीका पत्रकारहरुले बिधेक फिर्ता लिन सरकार संग माग गरेका छन । रिपोटर्स क्लब नेपाल अर्घाखाँचीको आयोजनामा आईतबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न साक्षत्कार कार्यक्रममा मनतब्य राख्दै पत्रकारहरुले यस्तो धारणा व्यक्त गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसी लेकालीले महासंघको आन्दोलन कुनै राजनीतिक दलको विरोधमा र कसैको पक्षमा नभएको भन्दै त्यो प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने खालको रहेको भन्दै त्यसलाई सच्याउन सरकार संग जिसीले माग समेत गरे ।

कार्यक्रममा जिल्ला स्थित सञ्चार क्षेत्र संग सम्बन्धित बिभिन्न पेसागत संघसंगठनका प्रतिनिधि, पत्रकार महासंघका पदाधीकारी लगायतका बक्क्ताहरुले मनतब्य राख्दै महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने नेपाल मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकार संग आग्रह गरे । यस्तै पत्रकारहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेसलाई संकुचन पार्ने खेलो भएको भन्दै सच्याउन माग समेत गरेका थिए ।

कार्यक्रममा रिपोटर्स क्लब नेपाल ५ नं.प्रदेश अध्यक्ष राम कुमार क्षेत्री,पत्रकार महासंघका पुर्ब अध्यक्ष निमबहादुर रिजाल,प्रदेश सदस्य प्रेमनारायण आचार्य,पबकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल,सचिब सुर्य प्रसाद भुसाल,कोषाध्यक्ष बिनोद गैरे,मानब अधिकार तथा शान्ति समाजका अध्यक्ष अशोक पौडेल,प्रेस चौतारीका काबा अध्यक्ष हृदय कुमार भुसाल,प्रेस युनियनका उपाध्यक्ष सरीता भुसाल,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे,नयाँ एफएमका प्रतिनिधि हरीप्रसाद भुसाल लगायतले मनतब्य राख्दै बिधेक फिर्ता लिन सरकार संग जोडदार रुपमा माग गरेका थिए ।

कार्यक्रम पत्रकार नबिन केसीको अध्यक्षता र घनश्याम पौडेलको सन्चालनमा सम्पन्न भएको थियो । पत्रकारहरुले यस अघि विधेयक फिर्ता लिन माग गर्दे जिल्लामा कालो पट्टी बाधेर मोटरसाईकल ¥याली, प्रशासन कार्यालय घेराउ, कोणसभा लगायतका बिरोधका कार्यक्रम समेत सम्पन्न गरेका थिए ।

कार्यक्रम पत्रकार नबिन केसीको अध्यक्षता र घनश्याम पौडेलको सन्चालनमा सम्पन्न भएको थियो । पत्रकारहरुले यस अघि विधेयक फिर्ता लिन माग गर्दे जिल्लामा कालो पट्टी बाधेर मोटरसाईकल ¥याली, प्रशासन कार्यालय घेराउ, कोणसभा लगायतका बिरोधका कार्यक्रम समेत सम्पन्न गरेका थिए ।

Image may contain: 5 people, including Nim Bahadur Rijal and Ashok Poudel, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.