वडा कार्यालय निर्माणका लागि पत्रकार भुसाल द्धारा जग्गा दान ।


श्याम घिमिरे जेठ २६ अर्घाखाँची-
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सभापति बरिष्ठ पत्रकार विष्णुप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वडा नं. ९ को वडा कार्यालय भबन निर्माण गर्नका लागि जग्गा प्रदान गर्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर ९ अर्धाका स्थायी बासिन्दा रहेका भुसालले करीब ५ लाख रुपैया पर्ने १ रोपनी ३ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निशुल्क प्रदान गर्नु भएको हो । भुसालले आईतबार सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाललाई जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गर्नु भएको हो ।

प्रमाण पुर्जा ग्रहण गर्दे नगरप्रमुख भुसालले जग्गा प्रदान गर्ने भुसाल परिबारलाई नगरपालीकाको तर्फदेखी धन्यवाद प्रदान गर्दे परीवारको उत्तरोत्तर प्रगतिको कामना समेत प्रदान गर्नुभयो । सोही अवसरमा जग्गा धनी प्रमाण पुर्जा नगरप्रमुख भुसालले वडाअध्यक्ष देबी बहादुर रायमाझी लाई हस्तान्तरण गर्नु भएको हो ।

पुर्जा हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिक, वडा नं. ९ का वडाअध्यक्ष देबी बहादुर रायमाझी,वडासचिब धर्मराज पाण्डे लगायतको उपस्थिति रहेको थियोे । पत्रकार भुसाल हाल बुद्ध सामुदायिक टेलिभिजन बुटबलको कार्यकारी प्रमुख तथा बिभिन्न सञ्चार माध्ययम संग आबद्ध रहनुभएको छ ।

This image has an empty alt attribute; its file name is 62101532_2509323032630435_7579600499767246848_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.