श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सुवर्णखालमा एक महिलाको मृत्यु

श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सुवर्णखालमा एक महिलाको मृत्यु

बिष्णुकुमार आले अर्घाखाँची, २५ ज्येष्ठ । श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ ।  यसरी मृत्यु हुनेमा सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ ।

यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । टाउको ठोक्किएर नाककानबाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

घटनाबारे थाहा पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । सो क्रममा विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए ।

जब सदरमुकाम जिल्ला अस्पताल सन्धखर्कमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा तब उनले घटनाबारे मुख खोलेको प्रहरीले जनाएको छ । आफुले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको  उनले स्विकार गरेका छन् ।

आफुले मुक्कै मुक्काले हानेर झ्यालमा टाउको ठोक्काएर नाककानबाट रगत बगेर श्रीमतीको मृत्यु भएको उनले स्विकार गरेका हुन् । मृतक खत्रीको अनुहारमा र शरिरको विभिन्न ठाँउमा निल डाम रहेको छ । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.