मालारानीमा रेडियो उद्घोषण तथा आभारभूत पत्रकारिता तालिम सुरु, सञ्चार क्षेत्रको विकास गाउँपालिका सम्बृद्धिको आधार भएको पालीका अध्यक्ष आचार्यको भनाई ।

श्याम घिमिरे जेठ २८ अर्घाखाँची

मालारानी गाउँपालिकाको खनदहमा ५ दिने रेडियो उद्घोषण तथा आभारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना, मालारानी गाउँपालिकाको सहयोग र रेडियो मालारानीको समन्वयमा मंगलबारबाट तालिम सुरु भएको हो ।

तालीमको उद्घाटन गर्दे पालीका अध्यक्ष बालकृष्ण आचार्यले सञ्चार क्षेत्रको विकास,गाउँपालिका सम्बृद्धिको आधार भएको बताए । आचार्यले टोल टोलमा पत्रकार उत्पादन गरी गाउँपालिकाले गरेका सकारात्मक कामको प्रचार प्रसार र नकारात्मक कामको खबरदारी गर्नुपर्ने कुरामा जोड दिए । आचार्यले सञ्चार क्षेत्र राज्यको चौथो अंक भएको भन्दै गाउँपालिकालाई सुझाव दिन पनि आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले सञ्चार क्षेत्रको राज्य निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताईन । क्षेत्रीले मालारानी गाउँपालीको विकासका लागी कलम चलाउन कबिता मार्फत पत्रकारलाई आग्रह समेत गरीन ।

प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनीले सञ्चार जगतको तागत परिर्वतन विकासका लागि महत्वपुर्ण रहने बताए । आफुले पनि विगतमा पत्रकारीता गरेको बताउदै सबै क्षेत्रको ज्ञान भएको पत्रकारको पहुँच गाउँ देखी सिंहदरवार सम्म पुग्ने भन्दै हरेक परीबर्तनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताए ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता उपाध्यक्ष गणेश खनालको स्वागत मनतब्य र सहसचिव अनिल नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालीका वाड नम्वर ३ का का.बा.अध्यक्ष दिपा पोख्रेल,नेपाल पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य, प्रेस सगठनका नेता हृदय कुमार भुसाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे, रेडियो मालारानीका स्टेशन मेनेजर नविन केसी,पत्रकार महासंघका सदस्य बसन्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालीममा पालीकाका ९ वटा वडाका २७ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

This image has an empty alt attribute; its file name is 64463538_347560639260054_2892779556119248896_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.