अर्घाखाँचीमा कैदी बन्दीहरूको लागि १ महिने सीप विकास तालिम सञ्चालन ।

IMG_20190612_133419.jpg


श्याम घिमिरे जेठ २९ अर्घाखाँची
अर्घाखाँची कारागारमा रहेका कैदी बन्दीहरुलाई १ महिने सिप बिकास तालीम सन्चालन गरीएको छ । कारागारमा रहेका पुरुष बन्दीहरूका लागि बाँसका कलात्मक सामग्री बनाउने र महिला बन्दीहरूका लागि हाते बुनाई होजियरी तालिम सञ्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र कारागार कार्यालयको समन्वयमा सन्चालीत तालीमको बुधबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले उद्घाटन गर्नुभयो ।

Image may contain: 4 people, people standing, sky, shoes, outdoor, nature and water


उद्घाटन कार्यक्रममा मनतब्य राख्दै प्रजिअ लामीछानेले बन्दी जिवन बिताउनेहरुलाई सिपमुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यका साथ तालिम सन्चालन गरिएको बताउनु भयो । बन्दी जिवन केवल बन्द रहन मात्र नभएर सिक्ने अबसरका रुपमा पनि लिनुपर्ने भन्दै लामीछानेले लगनशिल,अनुशासित र मेहनतका साथ लागी परी सिप आर्जन गर्न तालीमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।

Image may contain: 2 people, people standing

प्रजिअ लामीछानेले जिल्ला कारागार अर्घाखाँचीमा बन्दी जिवन भन्दा पनि सुधार जिवन दिने खालको बातावरण तयार गरिएको बताउदै बन्दी जिवन संगै पुन:सामाजिकरण हुने दिन आउने भएकाले सिप सिकेर दक्ष ब्यक्ति बन्नुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 1 person, standing and sitting

कारागारका सहलेखापाल दुर्गा बिकको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्ट, स.प्र.नि.भोजराज गिरी, तालीम प्रशिक्षक अमृत रिजाल लगायतको सहभागिता रहेको थियो ।

No photo description available.

प्रदेश सरकारको आर्थिक सहयोगमा सन्चालन हुने तालिममा कारागारका २० कैदीहरुको सहभागीता रहेको छ । अर्घाखाँची कारागारमा उत्पादिन बाँसका कलात्मक सामाग्रीहरु जिल्ला र जिल्ला बाहिर बिक्रिबितरण हुने गर्छन ।

IMG_20190612_133419.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.