असार ७ गते काठमाडौमा राष्ट्रिय ज्योतिष सम्मेलन हुँदै

असार ७ गते काठमाडौमा राष्ट्रिय ज्योतिष सम्मेलन हुँदै

असार १ काठमाडौ । नेपाल ज्योतिष परिषद्को आयोजनामा यहि असार ७ गते काठमाडौमा १७ औं राष्ट्रिय ज्योतिष ज्योतिष सम्मेलन ( २०७६ हुने भएको छ । ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषिहरुको हकहितको लागि निरन्तर लागिरहेको यश संस्थाले १६ वटा राष्ट्रिय सम्मेलन देशका मुख्य मुख्य सहरमा सम्पन्न गरिसकेको नेपाल ज्योतिष परिषद्का केन्द्रिय सचीव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

यो राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका ज्योतिषीहरुका समस्याहरुको समाधान गर्ने र ज्योतिषीय क्षेत्रमा विभिन्न माध्यमबाट सहयोग पुर्याउने सहयोगिहरुलाई सम्मान समेत गरिने नेपाल ज्योतिष परिषद्का केन्द्रिय अध्यक्ष माधवराज पाण्डेले जानकारी दिए ।

ज्योतिषशास्त्रको नाममा देशमा भित्रीएका विकृती र विसंगतिहरुको भण्डाफोर गरिने र देशमा रहेका ज्योतिषशास्त्रको गहन अध्ययन अनुसन्धान गर्नुभएका विशिष्ट मुर्धन्य गुरुहरुबाट बिचार बहस हुने र विभिन्न कार्यपत्र समेत प्रस्तुत हुनेछ । कार्यक्रममा ज्योतिषशास्त्रमा भित्रीएका विकृती विसंङ्गतिको भण्डाफोर गर्दै घोषणापत्रसमेत जारी गरिने नेपाल ज्योतिष परिषद्का केन्द्रिय महासचिव एवम् कार्यक्रमका संयोजक आचार्य सन्तोष वशिष्ठले जानकारी दिए ।

सम्मेलनको तयारीका लागि नेपाल ज्योतिष परिषद्का केन्द्रिय महासचिव आचार्य सन्तोष वशिष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ भने सम्मेलनमा सहभागी हुन इच्छुक गुरुहरुले असार ६ गते सम्म नाम दर्ता गराउन सकिने नेपाल ज्योतिष परिषद्का आजिवन सदस्य एवम् अर्घाखाँची शाखाका संगठन सचीव शिवलाल पौडेलले जानकारी दिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.