भुमिकास्थानको खिल्जीमा निशुल्क स्वास्थ्य शिविर, ३०० जनाको स्वास्थ्य चेकजाँच

भुमिकास्थानको खिल्जीमा निशुल्क स्वास्थ्य शिविर, ३०० जनाको स्वास्थ्य चेकजाँच

घनश्याम पौडेल अर्घाखाँची, ३२ ज्येष्ठ । स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ५ को आयोजना र भुमिकस्थान नगरपालिकाको सहकार्य तथा ओम्सा फाउन्डेसन को समन्वयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकिमा सम्पन्न भएको शिविरमा ७ जना विशेषज्ञ डा. सहितको उपस्थितिमा ३०० जनाले सेवा पाएका छन ।

शिविरमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले स्वाथ्य क्षेत्र सबैभन्दा महत्वपुर्ण भएको बताए । उनले प्रदेश सरकारबाट पनि स्वास्थ्यलाई प्राथमिता दिएको बताए ।

नगर प्रमुख रेशम थापाले नगरपालिका स्वास्थ्य क्षेत्र प्रति गम्भीर भएको बताए । मानिसको सबैभन्दा महत्वपुर्ण कुरा स्वास्थ्य हो, जसका लागी नगरपालिकाबाट विशेष ध्यान दिन्छौँ, थापाले भने ।

उपप्रमुख खडानन्द बेल्बासेले नगरपालिका भित्रका स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिने बताए । उनले निति तथा कार्यक्रम सँगै बजेटमा पनि स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट ल्याउँने बताए ।

स्वास्थ्य निर्देशनालय प्रदेशका उपनिर्देशक रोशनलाल चौधरी लगायतको उपस्थिति रहेको शिविर स्वास्थ्य निर्देशनालय प्रदेशका शिबिर संयोजक गोपाल प्रसाद गौतमको स्वागत मन्तव्य तथा स्वास्थ्य शाखा भुमिकास्थानका सिद्धार्थ आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.