राष्ट्रिय बाणिज्य बैंकको सेबा अब जिसस सभाहलको भवनबाट ।

वाणिज्य बैँक सन्धिखर्कको सेवा अबदेखी जिसस सभाहलको भवनबाट


श्याम घिमिरे अर्घाखाँची २, असार –अर्घाखाँची जिल्लामा २०३३ सालबाट बैंकीङ्ग कारोबार सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको सेबा आईतबारदेखी जिल्ला समन्वय समितीको सभाहल रहेको भवनबाट सुचारु भएको छ । सन्धिखर्क १ हललाईनबाट सेवा दिईरहेको बैंकले जिससको सभाहल टुडिखेलबाट सेवा प्रवाह गरेको हो ।

Image may contain: one or more people

जिसस सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले नयाँ भवनबाट हुने सेवाको शुभारम्भ गरेका हुन । शुभारम्भ गर्दे भुसालले बैंकले जनताहरुलाई छिटो छरीतो र भरपर्दो सेबा सुबिधा दिईरहेको बताउदै उत्कृष्ट कार्यको प्रशंसा गर्दे थप सफलताको कामना समेत व्यक्त गरेका थिए ।

Image may contain: 4 people, people standing and indoor

बैंकका शाखा प्रबन्धक गोपाल न्यौपानेको अध्यक्षता, सहायक प्रबन्धक गुणानिधी भुसालको स्वागत मनतब्य र शिव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै बैंकले सर्वसुलभ रुपमा जनतालाई सेवा दिएको र आगामी दिनमा पनि सरल रुपले सेवा दिन आग्रह गरे ।

बैंकमा हाल ५५ हजार ग्राहकले सेबा सुबिधा लिईरहेका छन भने जिल्लाको शितगंगा नगरपालीकाको ठाडा बजारबाट पनी बैंकले सेबा प्रदान गरीरहेकोे बैंकका सहायक प्रबन्धक गुणानिधी भुसालले जानकारी दिए ।

वाणिज्य बैँक सन्धिखर्कको सेवा अबदेखी जिसस सभाहलको भवनबाट
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.