आर्थिक समृद्धिको आधार नै व्यबसायिक कृषि हो –नगरप्रमुख थापा


सन्धिखर्क एफएम असार ९ अर्घाखाँची
भुमिकास्थान नगर प्रमुख रेसम थापाले अर्घाखाँचीको आर्थिक समृद्धिको आधार नै व्यबसायिक कृषि भएको बताउनुभएको छ ।अर्घाखाँचीका अधिकांश जनता कृषिमै निर्भर रहेका र यहांको माटोपनि उत्पादन योग्य भएकोले आर्थिक समृद्धिको आधार नै व्यबसायिक कृषि भएको उहांको भनाई छ । नेपाल व्याबसायिक बाख्रापालक महासंघ काठमाडौंको आयोजना र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको समन्वयमा भुमिकास्थानको नुवाकोटमा सम्पन्न एक दिने नगर स्तरिय अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै थापाले यस्तो बताउनुभएको हो । नेपालका २८ वटा र प्रदेश ५ का ७ वटा जिल्लामा व्याबसायिक मासु तथा दुग्ध उत्पादनको विकासमा काम गर्ने नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले पहिलो चरणमा संस्थाको परिचय र उ संग कसरी सहकार्य गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरेको हो ।

संस्थाका सचिव मुक्तिनाथ पोख्रेलको अध्यक्षता र पशुसेवा प्राविधिक सुन्दर वि.क.को सन्चालनमा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट डा.पुर्षोतम त्रिपाठी,लोकराज भुसाल,भुमिकास्थान नगरका योजना अधिकृत हरिसचन्द्र भुसाल लगायतले सहजीकरण गर्दै आफुले कुन व्यबसाय गर्ने भन्ने निश्चित गरि बिशेष योजनाका साथ अगाडि बढेमा कृषि व्यबसाय सफल हुने बताउनुभएको छ ।सांच्चीकै कृषि गर्ने मन भएका तर सिप र धनको अभावले गुज्रिएका किसानलाई उक्त संस्थाले आवस्यक प्रक्रिया पु¥याइ सहयोग गर्ने आयोजकलाई उदृत गर्दै पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.