नवौं अन्तराष्ट्रिय एकल महिला दिवस सन्धिखर्कमा मनाईयो ।


हिम जिसी लेकाली असार ९ अर्घाखाँची –
नवौं अन्तराष्ट्रिय एकल महिला दिवस सन्धिखर्कमा मनाईएको छ । “एकल महिलाहरूको आर्थिक शसक्तीकरण ,दिगो बिकास लक्ष्यको आधार “भन्ने मुल नाराका साथ एकल महिला समूह सञ्जाल अर्घाखाँचीको आयोजनामा आईतबार दिवस मनाईएको हो ।

सन्जाल जिल्ला अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरूलाई आर्थिक शसक्तीकरणको बाटोबाट अघि बढाउन नगरपालिका लागि परेको बताउनुभयो । उहाँले दुखि भएर घर नचल्ने बताउँदै हिम्मतका साथ काममा जुट्न आग्रह समेत गर्नु भयो ।

उपप्रमुख ठाकुर कुमार बिकले सुखि नगरबासि समृद्ध नगरपालिका बनाउन सबैको साथ सहयोग चाहिने बताउनु भयो । कार्यक्रममा अन्तर पार्टी महिला सञ्जाल जिल्ला सचिव शुशिला गैरे ,पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले मन्तब्य राख्नु भएको थियो । सचिव अम्बिका श्रेष्ठको सन्चालनर र पूर्व अध्यक्ष खगिश्वरा बस्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । दिवस कै अवसरमा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा फलफूल बितरण समेत गरिएकाे हाे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.