बन्दले अर्घाखाँचीको जनजिवन पुर्णरुपमा प्रभावित ।

श्याम घिमिरे
अर्घाखाँची असार १०

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दले अर्घाखाँची जिल्लाको जनजिबन पुर्णरुपमा प्रभावित भएको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटोे दुरीका सबारी साधन छुटेका छैनन् त्यस्तै शिक्षण संस्था,उद्योगधन्दा कलकारखाना पुर्ण रुपमा ठप्प रहे ।

पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध नेकपाले आज नेपाल बन्दको आब्हान गरेको हो । गत शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । जस अनुसार आज नेपाल बन्द गरीएको बिज्ञप्तिमा जनाइएको छ ।

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा आफ्ना निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले जनाएका छन् । पौडेलको गत विहिवार प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

यसैबिच अर्घाखाँचीका तीन ठाउमा बम फेला परेको छ । आजको नेपाल बन्दलाइ लक्षित गरेर बम राखिएको आशंका गरिएको छ । छत्रदेव गाँउपालिका वडा नम्वर ५ को वडा कार्यालय नजिकै, वडा नम्वर ७ को वडा कार्यालय र मालारानी गाउँपालीका वडानम्वर १ को छेडाठाँटीमा गरि तीन स्थानमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिनुभयो । संकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको प्रहरी प्रमुख प्रकाश बिष्टले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.