एसईईको परीक्षाफल भोलि

भक्तपुर असार ११ बुधबार -राष्ट्रिय परीक्षा बोर्डले गतवर्ष सञ्चालित एसईई परीक्षाको परीक्षाफल भोली बिहीबारसम्म प्रकाशित गर्ने भएको छ । 
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले परीक्षाको काम लगभग सकेको र  नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 
जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पूरा गरेर नतिजा आउने उहाँको भनाइ थियो ।


परीक्षा नियन्त्रण कार्यालयका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको काम समेत अन्तिम चरणमा पुगेको बताउनुभयो । 
भोलीसम्ममा राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उपनियन्त्रक  शर्माले जानकारी दिनुभयो ।


केही विद्यार्थीले एक÷दुईवटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको उहाँको भनाई थियो ।
गत चैत १० गतेदेखि सञ्चालित एसईई परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थीको सहभागिता रहेको छ । source:radionepal

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.