बुद्ध टेलिभिजनको संवाददाता कार्यशाला अर्घाखाँचीको नरपानिमा सुरु ।

बुद्ध टेलिभिजनको संवाददाता कार्यशाला अर्घाखाँचीको नरपानिमा सुरु

अर्घाखाँची, १० असार
बुद्ध सामुदायिक टेलिभिजनको चौंथो संवाददाता कार्यशाला अर्घाखाँचीको प्रशिद्ध धार्मिक स्थल सुपादेउरालीको नरपानीमा सुरु भएको छ । मंगलबारदेखि सुरु भएको कार्यशालामा टेलिभिजनमा कार्यरत जिल्ला संवाददाताहरुको क्षमता बृद्धि गर्दै समाचारलाई अझैं प्रभावकारी बनाउन छलफल भएको छ ।

बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ्वी बहादुुर फौजदारले संवाददाताको क्षमता बृद्धिगर्दै टेलिभिजन आवाज विहिनिहरुको आवाज बनाउँने बताउँनु भएको छ । कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका उँहाले टेलिभिजनले प्रत्येक वर्ष सवांददाताहरु सँग कार्याशाला गर्दै जनतामा सत्यतत्य समाचार प्रशारण गर्दै आएको बताउँनु भयो । टेलिभिजन देशभरि प्रशारण भईरहेको अध्यक्ष फौंजदारले जानकारी गराउँदैं टेलिभिजनमा लगानी बढाउँदै ब्यवस्थित र गुणस्तरिय बनाईने बताउँनु भयो । समाजका ब्यथिती , भ्रष्टाचारका विरुद्धमा संवाददातालाई समाचार लेख्न उँहाले आग्रह गर्नुभयो ।

टेलिभिजनका प्रमुख कार्यकारी प्रमुख विष्णु प्रसाद भुषालले टेलिभिजन प्रदेश कै उत्कृष्ट टेलिभिजन भएको दाबी गर्नुभयो । संवाददाताहरुको क्षमता बृद्धि गर्दै टेलिभिजनबाट उत्कृष्ट समाचार सम्प्रषण गर्दै आएको उँहाले बताउँनुभयो ।

टेलिभिजनका समाचार प्रमुख बिक्रम खड्काले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सवांददाताहरुको मनोबल उच्च बनाउनको लागि टेलिभिजनले प्रत्यक वर्ष उत्कृष्ट संवाददाताहरुलाई सम्मान गर्दै आएको बताउँनु भयो ।

टेलिभिजनको प्रशारण क्षमता बृद्धि भएसँगै समाचारको क्षेत्रलाई बढाउँदै लगेको बताउँनुभयो । कार्यक्रममा नेपाली कांग्रेस प्रशिक्षण विभागका केन्द्रीय सदस्य तथा नेता छन्द पहराइ, टेलिभिजनका उपाध्यक्ष ओम ज्ञवाली, कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रममा कपिलबस्तु जिल्ला संवाददाता खग प्रसाद चापागाईलाई उत्कृष्ट संवाददाता पुरस्कार प्रदान गरिएको छ । टेलिभिजनले प्रत्येक वर्ष कार्यशाला कार्यक्रममा उत्कृष्ट संवददातालाई सम्मान गर्दै आएको छ । चापागाईलाई नगद रु ५ हजार , दाेसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो । टेलिभिजनले प्रत्यक वर्ष संवाददाता कार्यशाला सञ्चालन गर्दै आएको छ । गत वर्ष प्युठानको स्वर्गद्धारीमा टेलिभिजनले संवाददाता कार्यशाला सञ्चालन गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.