नागरिक र प्रहरी बिच प्रगाढ सम्वन्ध स्थापित हुनुपर्छ – डिएसपि बिष्ट


श्याम घिमिरे असार १२ अर्घाखाँची-
पतञ्जली योग समिति अर्घाखाँचीले जिल्लामा भर्खर मात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टलाई आज एक कार्यक्रमका बिच स्वागत गरेको छ । स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख बिष्टले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । बिष्टले प्रहरी र नागरिक बिच सुमधुर सम्वन्ध हुनुपर्ने भन्दै आफुले समुदाय संग हातेमालो गरी काम गर्न चाहेकोले सम्पूर्ण जिल्लाबासीको सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो ।


उहाँले प्रहरीले मुस्कान सहितको सेवा प्रदान गरेर नागरिकको मन जित्नु पर्ने औंल्याउनु भयो । समाजमा अबाञ्छीत कृयाकलाप गर्ने जो कहीलाइ पनी नछाड्ने भन्दै प्रमुख बिष्टले आफु जिल्लामा रहुन्जेल बिधिको शासन अनुसार कामगर्ने बताउदै, कानुन कार्यान्वयनमा जोड दिने बताउनु भयो ।


पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता,नगर प्रभारी पार्बता श्रेष्ठको स्वागत मनतब्य र बिद्यालय प्रभारी जनक पराजुलीको सन्चालनमा सम्पन्न कार्यक्रममा पतञ्जलि योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री, ५ नं प्रदेश सदस्य बिना पन्थी,महिला जिल्ला अध्यक्ष लक्ष्मी दमासे,जिल्ला महामन्त्री बिजुला रायमाझी,युबा प्रभारी लक्ष्मण पराजुली,जडिबुटी प्रभारी डिलाराम भुसाल, योग शिक्षक बिष्णु बन्जाडे लगायतको आतिथ्यता रहेको पार्बता श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.