नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिद्धारा वडाअध्यक्ष र सचिवको सपथग्रहण, सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको नेकपा प्रदेश सदस्य आचार्यको भनाई

बसन्त श्रेष्ठ ‘छापेली’ १४ असार २०७६- नेपाल कम्युनिष्ट पार्टी ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिले आयोजना गएको वडा अध्यक्ष तथा वडासचिवलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गदै ५ नम्बर प्रदेश सभा सदस्य समेत रहनुभएका आचार्यले सरकारले जतैसुकै राम्रा काम गरेपनि बिरोध गर्ने गलत परिपाटी नेपाली कांग्रेसमा हाबी भएको बताउनुभयो ।

सन्धिखर्क नगरकमिटिका १२ वटै वडाका वडाध्यक्ष तथा १, २ र ३ का वडा सदस्यहरुलाई सपथग्रहण गराउदै उहाँले नेकपाको एकताले विश्वको कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपिएको पनि बताउनुभयो ।

नेकपा ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार बि.क किशोरले टोल टोलमा संगठन निर्माण गरी संगठनका गतिबिधीलाई तिब्र पार्न नवनिर्वाचित वडाअध्यक्ष तथा वडा सचिवहरुलाई आग्रह गर्नुभयो । सन्धिखर्क नगर उप–प्रमुख समेत रहेका उहाँले नगरपालिकामा हुने विकास निर्माण र त्यसको प्रभावकारीतामा कार्यकर्ताले रेखदेख गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सभा सदस्यहरु पिताम्बर भुसाल, तोजबहादुर रायमाझी बिधान र सबै वडाअध्यक्षको तर्फबाट लक्ष्मण पराजुली लगायतले मन्तब्य राख्दै पाटीको नीति, बिधी र आचरणमा रहेर काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रम नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिबहरी अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बाँकी रहेका वडासदस्यहरुको सपथग्रहण आगामी असार १८ गते भित्र सम्पन्न गरिसक्ने नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो ।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.