मालारानीमा सरसफाईकालागी प्लाष्टिक मुक्त कार्यक्रम सम्पन्न ।


श्याम घिमिरे असार १८ अर्घाखाँची –
मालारानी गाँउपालीका अध्यक्ष बालकृष्ण आचार्यले बाताबरण सरसफाई र स्वस्थ्य जिबन जिउनको लागी प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी अगाडी बढ्नुपर्ने बताउनु भएको छ । महिला सञ्जाल समिति मालारानीको आयोजना र मालारानी गाँउपालीकाको सहयोगमा बुधबार खनदहमा सम्पन्न १ दिने अभिमुखिकरण कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष आचार्यले यस्तो बताउनु भएको हो । आचार्यले सुन्दर,सफा र हराभरा पालीका बनाउने उद्धेश्यका साथ आफुहरु लागी परीरहेको भन्दै सकारात्मक कार्यकालागी सबैको सहयोग चाहिने कुरमा जोड समेत दिनुभएको हो ।


सञ्जालकी अध्यक्ष सृजना भुसालको अध्यक्षता,उपाध्यक्ष सरीता भुसालको स्वागत मनतब्य र रोमा खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा योजना शाखाका नेत्र प्रसाद खनालले सहजीकरण गर्नुभएको हो । खनालले प्लाष्टिक जन्य पदार्थले बाताबरणमा पार्ने नकरात्मक प्रभाब यसको दृघकालीन असर र यसको प्रयोग लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा पालीका उपाध्यक्ष प्रमिला क्षेत्री,प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासीनि प्रहरी सहायक निरीक्षक धन बहादुर बोहरा लगायतले मनतब्य राख्दै बाताबरणलाई प्रदुषणहुन बाट बचाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी अघीबढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पालीकाभरका ४० भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।

This image has an empty alt attribute; its file name is 66206882_899497653737896_2571731678456184832_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.