सन्धिखर्क–१२ मा नगर स्वास्थ्य क्लिनिक भवनको शिलान्यास


बिक्रम पाण्डे असार २६ -सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले स्वास्थ्य नै जीवनको धन भएकोले स्वास्थ्यलाई कसैले पनि खेलवाड नगर्न आम नागरिकहरुलाई आग्रह गर्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा न १२ मा रहेको नगर स्वास्थ्य क्लिनिकको अस्थायी भवन उद्घाटन तथा स्वास्थ्य क्लिनिक भवनको शिलान्यास कार्यक्रममा बोन्दै नगर प्रमुख भुसालले स्वास्थ्य सुबिधा लिन बाट कोही पनि बन्चित हुन नपर्ने बताउनु भयो । संविधानले नै स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखेको हुँदा स्वास्थ्य सेवा लिनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउनु भयो ।


वडा अध्यक्ष नारायण खड्काले सामान्य स्वास्थ्य सेवा लिन सदरमुकाम जानू पर्ने झन्झट अब टर्ने बताउनु भयो । नगर स्वास्थ्य क्लिनिक संचालन हुनु वडा वासीको लागि गौरवको विषय भएको भन्दै अध्यक्ष खड्काले क्लिनिक संचालनमा कहि कतै सेवा प्रबाहमा कमजोरी देखिए सुझाव दिन समेत आग्रह गर्नु भयो । 


नगर स्वास्थ क्लिनिक भवन निर्माणको लागि प्रदेश सरकारबाट ३८ लाख ८६ हजारको रकम बिनियोजन भएको छ । साथै नगर प्रमुख भुसालले स्वास्थ्य क्लिनिकको निरीक्षण समेत गर्नु भएको छ ।साथै कार्यक्रममा डिभर्ना भैरव नाच संरक्षण समितिलाई आवश्यक पर्ने वडाबाट बिनियोजित ७५ हजारको लागतमा खरीद गरीएका बाजा सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

भरव संरक्षण समितिका अध्यक्ष धन प्रसाद श्रेष्ठलाई सामाग्रीहरु हस्तान्तरण गरिएको हो । शिलान्यास कार्यक्रम अगाडि बाजागाजा सहित र्याली समेत निकालिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य झम्मन कुमारी श्रेष्ठ , नेपाली काङ्ग्रेस क्षेत्र न १ का सभापति केशव राज कुवर , वडा सदस्य नारयण बस्याल, बाबुराम बस्याल , नेपाली काङ्ग्रेसका वडा सभापति लिलाधर बस्याल , नेपाल पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य , लगायत सयौं जनाको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता , वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता ,वडा सदस्य हिमकला टमटाको स्वागत मन्तव्य तथा सचिव अनन्त पोख्रेल र पत्रकार बिक्रम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.