कैदी बन्दीहरूको लागीे १ महिने सीप विकास तालिम सम्पन्न

Image may contain: 7 people, including Prem Lamichhane, Madhawa Bhattarai Acharya and Bishnuraj Belbase, people sitting and indoor

श्याम घिमिरे असार २८ अर्घाखाँची –
अर्घाखाँची कारागारमा रहेका कैदी बन्दीहरुलाई लक्षीत गरी आयोजना गरीएको १ महिने सिप बिकास तालीमको सनिबार एक कार्यक्रमका बिच समापन गरीएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र कारागार कार्यालयको समन्वयमा गत जेठ २८ गते देखी तालीम सन्चालन गरीएको हो । कारागारमा रहेका पुरुष बन्दीहरूका लागि बाँसका कलात्मक सामग्री बनाउने र महिला बन्दीहरूका लागि हाते बुनाई होजियरी तालिम सञ्चालन गरिएको थियो ।

Image may contain: 5 people, including Lekali Him and Prem Lamichhane, people smiling, people sitting and indoor


समापन तथा प्रमाण पत्र बितरण कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बन्दी जिवन बिताउनेहरुलाई सिपमुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यका साथ तालिम सन्चालन गरिएको बताउनुभयो । बन्दी जिवन केवल बन्द रहन मात्र नभएर सिक्ने अबसरका रुपमा पनि लिनुपर्ने भन्दै लामीछानेले सिपलाई व्यबहारमा लागु गर्न सबैलाई आग्रह गर्नुभयो ।

Image may contain: 7 people, including Prem Lamichhane, Madhawa Bhattarai Acharya and Bishnuraj Belbase, people sitting and indoor


लगनशिल,अनुशासित र मेहनतका साथ काम गरेमा जुनसुकै काममा पनी सफल हुने बताउदै लामीछानेले तालीमको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ लामीछानेले जिल्ला कारागार अर्घाखाँचीमा बन्दी जिवन भन्दा पनि सुधार जिवन दिने खालको बातावरण तयार गरिएको बताउदै बन्दी जिवन संगै पुन : सामाजिकरण हुने दिन आउने भएकाले सिप सिकेर दक्ष ब्यक्ति बन्नुको बिकल्प भएको बताउनु भयो ।

Image may contain: 7 people, including Laxman Chaudhary, Gopal Shrestha and Prem Lamichhane, people standing and people sitting


सहायक प्रजिअ बिक्रम थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा शसस्त्र प्रहरी नायब उपरीक्षक गोपाल प्रसाद श्रेष्ठ,अनुसन्धान अधिकृत लक्ष्मण चौधरी,प्रहरी निरीक्षक खिमबहादुर घम,घरेलु कार्यालयका प्रमुख इन्दीरा भुसाल,सहायक प्रजिअ बिष्णुराज बेल्बासे,नेपाल पत्रकार महासंघमा अध्यक्ष हिम जिसी लेकाली, निमित्त जेलर कृष्ण प्रसाद आचार्य, तालीम प्रशिक्षक अमृत प्रसाद रिजाल,खिमकली श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Image may contain: 8 people, including Bikram Thapa, Prem Lamichhane and Tara Chhahari, outdoor
Image may contain: people sitting


प्रदेश सरकार प्रदेश नं. ५ आन्तरीक मामिला तथा कानुन मन्त्रालय बाट चालु आ.ब २०७५\०७६ को प्राप्त स्विकृत कार्यक्रम अनुसार कारागारका २० कैदीहरुलाई तालमि दिईएको हो । अर्घाखाँची कारागारमा उत्पादिन बाँसका कलात्मक सामाग्रीहरु जिल्ला र जिल्ला बाहिर बिक्रिबितरण हुने गरेका छन ।

Image may contain: 7 people, including Laxman Chaudhary, Ganesh Khanal and Prem Lamichhane, people smiling, people standing
Image may contain: 7 people, including Lekali Him, Laxman Chaudhary, Gopal Shrestha, Prem Lamichhane and Tara Chhahari, people standing and indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.