दालमोठ उद्याेगले फेरीएको खड्काको जिबन ।

श्याम घिमिरे
साउन ३ अर्घाखाँची –


पढाईका हिसाबले उनले कक्षा ५ मात्रै पास गरेका छन । पढाइमा उनको मन खासै गएन । स्थानिय शान्ति माबि धारापानीमा अध्ययन गर्दे गर्दा बीचमै पढाइ छाडेर उनी भारत गए,भारतमा राम्रो कमाई नभएपछी उनी दुबई तर्फ लागे । करीब १० बर्षको दुबई रोजगारी पछी उनी स्वदेशमै केही गर्नुपर्छ भनेर घरमा फर्के । अनि केही समय खाली बसे त्यसपछी उनले दुबईमा सिकेको दालमोठ बनाउने सिपलाई निरन्तरता दिनुपर्छ भन्ने हेतुले दालमोठ उधोग खोल्ने मन गरे, र केही समय पछी सन्धिखर्कमा सगरमाथा दालमोठ उधोगको नामबाट उधोग सन्चालन गरे ।

भुमिकास्थान नगरपालीका ४ धारापानी मकैडाँडाका ४६ बर्षिय युवा विजय खड्काले ८ वर्षअघि सामान्य लगानीबाट सुरु गरेको त्यहि उद्योग अहिले सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा स्थापित भएको छ । भुमिकास्थान नगरपालिका–४ धारापानीका खड्का २०६७ साल देखि निरन्तर दालमोठ उद्योगमा लागेका छन् । उद्योगमा हाल ७ जनालाई रोजगारी समेत दिएका छन् ।


खड्काले ८ वर्षअघि करीब २ लाख रुपैयाँको लगानीमा सुरु गरेको दालमोठ उद्योग अहिले जीविकोपार्जको प्रमुख माध्यम बनेको छ । घर परिवारको सहयोगमा सुरु गरेको उद्योगले अहिले करीब १ करोड भन्दा बढीको सम्पत्ति जोरेको खड्काले बताए । उनले उत्पादन गरेको दालमोठ जिल्लाको सन्धिखर्क,सितगंगा र भुमिकास्थान नगरपालीका त्यस्तै मालारानी,छत्रदेब र पाणीनि गाउँपालीका लगायत बिभिन्न क्षेत्रका बजारमा बिक्री बितरण भईरहेको छ ।

‘सुरुमा दालमोठ उद्योग सञ्चालन गर्दा धेरै समस्या भोग्नु प¥यो, दालमोठ खासै बिक्री हुँदैन थियो, बजारको अभावले धेरै दिन त तयार गरेको दालमोठ गोदाममै थन्कीने अबस्था रहयो, बाहीरबाट आउने दालमोठले गर्दा केही चुनौति भएको लगायतका समस्या भोगेको बताउँदै खड्काले भने, ‘अहिले दैनिक करीब डेढ क्विन्टल जति दालमोठ ,भुजा,चट्पटा,बदाम,कर्नफ्लेक्स लगायतका सामाग्रीहरु बिक्री बितरण भइरहेको छ ।’

बुटबल र कपिलबस्तुबाट मैदा,तेल भुजा,मटर,बदाम आदी खाद्य सामाग्रीहरु ल्याई दालमोठ उत्पादन भइरहेको छ । सरकारी निकायबाट आफुलाई राम्रै सहगोग भएको र सामाग्रीहरुमा अनुदान समेत प्राप्त गरेको उनी बताउँछन् ।

उनले दालमोठ उद्योगलाई विस्तार गर्ने योजना बनाएका छन् । सन्धिखर्क नगरपालीकामा आफ्नै ४ तले घर समेत निर्माण गरेका खड्काले अत्याधुनिक प्रबिधिबाट उद्योग सञ्चालन गरीरहेको समेत बताए । खड्काका श्रीमति र २ छोराहरु रहेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.