नेपालकै प्रसिद्ध सिद्धेश्वर शिवालय सन्धिखर्कमा साउने मेला सुरु (तस्विर सहित)

घनश्याम पौडेल
अर्घाखाँची, २ साउन – अर्घाखाँचीको सन्धिखर्कमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा आज देखि एक महिना धार्मिक साउने मेला सुरु भएको छ । धार्मिक मेलामा हजारौ भक्तजनहरुको उपस्थिति रहने छ ।

This image has an empty alt attribute; its file name is 67314904_418499775426650_7334338217690267648_n.jpg

आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिवालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सन्धिखर्क बजारका बिभिन्न भाग पक्रिमा गर्दै सन्धिखर्कमा रहेको शिवालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो ।

This image has an empty alt attribute; its file name is 67559683_730100667408635_7444142410981965824_n.jpg

मन्दिरमा रहेको धारोमा विभिन्न तीर्थहरुको जल रहेको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरी सिद्धेश्वर सिवालय मन्दिरमा रहेको स्फटिकको शिवलिंगमा अर्पण गरिएको मन्दिरका अध्यक्ष नारायण खनालले बताए ।

This image has an empty alt attribute; its file name is 67377028_639334313223431_8498920790433988608_n.jpg

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिंग राखि दैनिक बैदिक बिधि पूर्वक पुजा आजा गरिदै आएको छ । स्फटिकको शिबलिंग भएको शिव मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खनालले बताए ।

This image has an empty alt attribute; its file name is 67386926_513755036096312_8314286249527476224_n.jpg

साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर बैदिक पुजा आजाका साथ जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिवालय मन्दिरले जनाएको छ । सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पु¥याउने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.