पाणीनी गाउँपालीकामा कृषक समुहलाई बोयर बोका हस्तान्तरण ।

श्याम घिमिरे
साउन ५ अर्घाखाँची –

पाणिनी गाउँपालिका अर्घाखाँचीको आयोजनामा श्रोत केन्द्र स्थापना कार्यक्रम तथा उन्नत जातका बोयर बाख्रा कृषक समुहलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले किसानहरुलाई कृषि तथा व्यवसायिक पशुपालनमा आत्मनिर्भर बनाउने उद्वेश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि सत प्रतिशत उन्नत जातका बोयर बाख्राहरु हस्तान्तरण गरेको हो । बोयर बाख्रा हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले अबको ५ बर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए ।

गौतमले किसान लक्षित कार्यक्रमहरु वास्तविक किसान सम्म पु¥याई युवाहरूलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने मुख्य उद्वेश्यका साथ गाउँपालिका अगाडी बढेकोले महान कार्यमा सबैको सहयोग र सर्मथनको आबश्यक रहेको बताए । गाउँपालिकाले बिनियोजन गरेको रु १ करोड ४ लाख मध्ये ८० लाख मात्र खर्च गरेर अस्ट्रेलियाबाट उन्नतजातका १६ वटा पाठी र ८ वटा बोकाहरु खरिद गरिएको अध्यक्ष गौतमले बताए । गौतमले धेरै लामो प्रयास पछि अस्ट्रेलियाबाट बाख्रा ल्याउन सफल भएको भन्दै बाख्रा ल्याउने कार्यमा सहयोग गर्ने सबैलाई निकायलाई धन्यवाद समेत दिए ।

पालीका उपाध्यक्ष लक्ष्मी गौतमले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले विदेशिएका युवाहरूलाई स्वदेशमै फर्कन आग्रह गरिन् । प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले पालीकाले आब ०७६\७७ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेको बताए ।

गाउँपालिकाको मैदान, अड्गुरी र पोखराथोक गरी तिन स्थानमा श्रोत केन्द्र स्थापना गरि बाख्राहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा ३ वटा श्रोत केन्द्र लाई ६\६ र श्रोत केन्द्र स्थापना नभएका वडालाइ १\१ वटाका दरले बोयर जातको बोका बितरण गरिएको पालीकाले जनाएको छ । कार्यक्रम कृषि प्राविधिक दधिराम घिमिरेको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.