पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर

पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर

श्रावण २२, काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । 

निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ ।

जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल रु १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा रु ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) रु एक हजार ३७५ प्रतिसिलिण्डर कायम गरिएको छ । 

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । source:ehimalayatimes

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.