Monthly Archives: August 2019

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

प्रेम आचार्यअर्घाखाँची, २८ साउन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्। भुमिकास्थान नगरपालिक वडा नंं. ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका वडा नं. ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया

Read more

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य गंगाराम खनाललाई पत्नीशोक

गोपाल प्रसाद भट्टराईसाउन–२८,अर्घाखाँची –राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य गंगाराम खनाललाई पत्नीशोक परेको छ । नेकपा मसालको पार्टी सदस्य समेत रहनुभएकी सन्धिखर्क–४ वाङ्ला निवासी कमला खनाल (गंगा)को ५२ बर्षको उमेरमा निधन भएपछि नेता खनाललाई पत्नी शोक परेको हो । बिगत लामो समयदेखी स्वास्थ्य समस्या झेल्दै आउनुभएकी कमलाको सिभिल हस्पिटल काठमाण्डौंमा उपचारकै क्रममा हिजो दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Read more

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित कोही ‘फिल्ड’ लेखेर बिदामा

श्रावण २८, २०७६ स्याङ्जा । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला  प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख

Read more