अर्घाखाँचीमा सञ्चारकर्मी र सुचना अधिकारी बिच अन्तरक्रिया गरी मनाईयो सुचना दिवस

अर्घाखाँचीमा सञ्चारकर्मी र सुचना अधिकारी बिच अन्तरक्रिया गरी मनाईयो सुचना दिवस

घनश्याम पौडेल
अर्घाखाँची, ३ भदौ । १२ औँ राष्ट्रिय सूचना दिवसको अवशरमा सूचना अधिकारी र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम गरी अर्घाखाँचीमा सम्पन्न भएको छ ।

Basanta Shrestha को फोटो।

दिवशको अवसरमा अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पारष्परिक जवाफदेहिता परियोजना, सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको सहयोग तथा समन्वयमा सूचना अधिकारी र सञ्चारकर्मीहरुबीच अन्र्त्क्रिया सम्पन्न भएको हो ।

Basanta Shrestha को फोटो।

कार्यक्रममा बोल्ने सहभागीहरुले सूचनाको हकको कार्यान्वयमा सबै आफ्नो ठाउबाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सूचनाको हक मौलिक हक भएको भन्दै यसको कार्यान्वयन गर्न जिल्लास्थित सूचना अधिकारीलाई निर्देशन दिनुभयो ।

Basanta Shrestha को फोटो।

पौडलले सूचना अधिकारीलाई कुनै समस्या भएमा जानकारी गराउनुपर्ने बताउदै ऐन बमोजिम माग गरिएको सूचना दिनु सूचना अधिकारीको प्रमुख दायित्व भएको बताए ।

Basanta Shrestha को फोटो।

कार्यक्रममा सुशासन प्रर्बद्धनका निम्ती जिल्ला स्तरीय नागरिक सञ्जाल तथा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकालीले सूचनाको हकको कार्यान्वयनका सन्दर्भमा सञ्चार क्षेत्रको कमी कमजोरी भए औल्याउनुपर्नेमा जोड दिए । उनले सूचना सुशासन र विकासको मेरुदण्ड भएको पनि बताए ।

Basanta Shrestha को फोटो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी बिष्णुराज बेल्बासे र एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सूचनाको हकको कार्यान्वयनको अबस्था तथा चुनौतीको बारेमा छुट्टा छुट््टै कार्यपत्र पेश गरेका थिए ।

Basanta Shrestha को फोटो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । नेपालमा सूचनाको हकको संबैधानिक व्यवस्था २०४७ बाट भएको थियो । नेपालको संबिधान २०७२ को धारा २७ मा सूचनाको हकको व्यवस्था छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ श्रावण ५ गते प्रमाणीकरण भई भाद्र ३ गते देखि लागु भएको थियो । सोही दिनलाई नेपालमा राष्ट्रिय सूचना दिवशको रुपमा मनाउन थालिएको छ ।

Basanta Shrestha को फोटो।
Basanta Shrestha को फोटो।
Basanta Shrestha को फोटो।
Basanta Shrestha को फोटो।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.