कर्मचारी मिलन केन्द्रद्धारा अर्घाखाँचीका न्यायाधिस, सिडियो र अनुसन्धान अधिकृतलाई स्वागत

कर्मचारी मिलन केन्द्रद्धारा अर्घाखाँचीका न्यायाधिस, सिडियो र अनुसन्धान अधिकृतलाई स्वागत

हिम लेकाली सन्धिखर्क एफएम
अर्घाखाँची, ३ साउन । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लाका तिन कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ । नवआगन्तुक जिल्ला न्यायाधीस बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्बेदीलाई स्वागत गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले राष्ट्रसेवक कर्मचारीहरूलाई जनमुखि कार्य गर्न निर्देशन दिएका छन् । उनले विकास निर्माणका कार्य समयमै सम्पन्न हुन नसक्दा जनमानसमा भ्रम सिर्जना भएको बताउँदै सबै सरोकारवालाहरूलाई असारमा हतार गरेर लतपत गर्ने नभई बैशाख मसान्तभित्रै बिकास निर्माणको कार्य सक्न आग्रह गरे । नेकपा जिल्ला अध्यक्ष समेत रहनु भएका आचार्यले कार्यालय प्रमुख तथा जन प्रतिनिधिहरूलाई विकास निमार्ण कार्यमा सुस्म अध्ययन गरेर पारदर्शि हिसाबले काम गर्न निर्देशन दिए ।

कार्यक्रममा नवआगन्तुक जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले मन्तव्य राख्दै आफुहरू सुशासन पारदर्शिता र विधिको शासन निर्माण गर्न सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम कर्मचारी मिलन केन्द्र अध्यक्ष खिमबहादुर रानाको अध्यक्षतामा र सचिव नारायण पोख्रलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.