रिडिमा महायज्ञको पुर्वसन्ध्यामा बृहत मोटरसाइकल र्‍याली (तस्बिर सहित )

This image has an empty alt attribute; its file name is A%20M%202.jpg

सन्धिखर्क एफएम,भाद्र २२ अर्घाखाँची –
गुल्मीको रिडिमा यहि भाद्र २८ गतेदेखि सन्चालन हुने महायज्ञको पुर्वसन्ध्यामा शनिबार बृहत मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्बोधन गर्दै यस्ता किसिमका धार्मीक क्रियाकलापले जिल्लाको पहिचानमा थप टेवा पुग्ने बताउनुभयो ।

Image may contain: 11 people, people smiling, outdoor


रिडिका वरिष्ठ दानवीर पशुपती प्रसाद अमात्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख वाचक बाल योगेश्वर माहाराजले यज्ञ सम्पन्न गर्न सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
यो महायज्ञ नेपालमा पहिलो भएको र सबैले थाहा पाउन पर्नेमा उहाँको जोड थियो ।
१५० भन्दा बढि मोटरसाइकल, बाजागाजा, भजन कृतन, झाँकीसहित आठ वटा ठुला सवारी साधनमा भक्तहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

Image may contain: one or more people, car, tree and outdoor
Image may contain: one or more people, mountain, sky, outdoor and nature

महायज्ञमा झन्डै १० लाख भक्तजन आउने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै विव विख्यात बाल योगेश्वर महाराजले टाढाका तिर्थ यात्रीहरुलाइ यातायात, भोजन र आवासको व्यवस्था गरिने जानकारी गराउनु भएको छ । कार्यक्रमको भाद्र २८ गतेका दिन हेलिकप्टरबाट पुष्पवृष्टी गरी उद्घाटन गरिने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.