Monthly Archives: September 2019

राजमो भुनपा २ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

माधब खनाल भदौ २५ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न २ को आयोजनामा भैनिखोला निवासी राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य स्वर्गीय मुक्तिराम खनालको नवौं दिनको पुण्य तिथि पारी बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शभामा मन्तव्य राख्दै राजमो जिल्ला समिती सदस्य मेघराज खनालले स्वर्गीय खनालको निधनले राष्ट्रिय जनमोर्चा स्तब्ध भएको बताउदै खनालले देखाएको बाटोमा लाग्न कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो

Read more

सन्धिखर्कको अर्घामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

हिम लेकालीअर्घाखाँची, २५ भदौ । प्रदेश सभा सदस्य चेतनारायण आचार्यले सबैभन्दा महत्वपुर्ण मानिएको स्वास्थ्य सेवालाई सबै ग्रामिण क्षेत्रका जनताले पाउँनुपर्ने बताएका छन् । सन्धिखर्क नगरपालिकाको आयोजनामा वडा नं. ९ अर्घा रजस्थल मावि रहिसचौरमा एक दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै शिविरमा संलग्न भई जनसेवाको काममा संलग्न चिकित्सकहरूलाई बधाई दिदै यस्ता शिबिरहरूले स्थानीय स्वास्थ्य सेवामा मलम पट्टि लगाउने गरेको बताए ।

Read more

काँग्रेसको जागरण अभियान पाणिनीको पोखराथोकमा सम्पन्न, भोलि खिदिममा

सन्धिखर्क एफएम भाद्र २५ अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीले आज पाणिनि गाँउ पालिका वडा नम्वर २ पोखराथोकमा जागरण अभियान सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि चन्द्र केसीले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । उनले जनताको पक्षमा बर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री रेवती प्रसाद भुसालले दुइ तिहाइको

Read more

विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ

भदौ २५, २०७६ बुधबार चितवन – सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिनुभयो । केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् ।अस्पतालको सेवा

Read more

विश्व आत्महत्या दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे भदौ २४ अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा बिश्व आत्महत्या दिवसको अबसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत सरोकारवाला निकायहरुबिच आत्महत्या रोकथाम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सहभागीहरुले मानिसमा बिभिन्न खाले तनाब सहन सक्ने क्षमतामा कमिभएकोले आत्महत्या गर्ने गरेको भन्दै त्यसलाई रोकथाम गर्नकोलागी बिभिन्न सचेतनामुलक कार्यहरु सन्चालन गर्नुपर्ने बताउनुभयो ।

Read more