विश्व आत्महत्या दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


श्याम घिमिरे
भदौ २४ अर्घाखाँची –

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा बिश्व आत्महत्या दिवसको अबसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत सरोकारवाला निकायहरुबिच आत्महत्या रोकथाम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सहभागीहरुले मानिसमा बिभिन्न खाले तनाब सहन सक्ने क्षमतामा कमिभएकोले आत्महत्या गर्ने गरेको भन्दै त्यसलाई रोकथाम गर्नकोलागी बिभिन्न सचेतनामुलक कार्यहरु सन्चालन गर्नुपर्ने बताउनुभयो । अशिक्षा,गरीबि र बेरोजगारका कारण आत्महत्या गर्नेको संङ्ख्या बढेको बताउदै सहभागीहरुले यसलाई निरुत्सायीत गर्न राज्यले बिशेष योजना बनाउनुपर्नेमा जोड दिनभएको हो ।

प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुरकुमार बिक, स्थानिय जनप्रतिनिधि,शिक्षक,पत्रकार लगायत सरोकारबाला संस्थाहरुको सहभागीता रहेको कार्यक्रमको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीषक प्रकाश बिष्टले सहजीकरण गर्नुभएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.