सन्धिखर्कको अर्घामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सन्धिखर्कको अर्घामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

हिम लेकाली
अर्घाखाँची, २५ भदौ । प्रदेश सभा सदस्य चेतनारायण आचार्यले सबैभन्दा महत्वपुर्ण मानिएको स्वास्थ्य सेवालाई सबै ग्रामिण क्षेत्रका जनताले पाउँनुपर्ने बताएका छन् ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा वडा नं. ९ अर्घा रजस्थल मावि रहिसचौरमा एक दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै शिविरमा संलग्न भई जनसेवाको काममा संलग्न चिकित्सकहरूलाई बधाई दिदै यस्ता शिबिरहरूले स्थानीय स्वास्थ्य सेवामा मलम पट्टि लगाउने गरेको बताए । कार्यक्रमको सहकार्य र समन्वय जोडिनुहोस् जिल्ला संग अभियान र या्ेङ्ग डक्टर्स एशोसियसन नेपाल साथै राष्ट्रका लागि युवा सन्जाल अर्घाखाँचीको रहेको थियो । शिविरमा प्रसुती सेवा, दन्त सेवा, बाल रोग सेवा साथै जनरल उपचार सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घघाटन समारोहमा वडा नं. ९ का अध्यक्ष देवी बहादुर रायमाझीको अध्यक्षता, वडा सचिव धर्मराज पाण्डेको सञ्लन र वडा सदस्य बिष्णुप्रसाद आचार्यले स्वागत गरे । कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक किशोर, प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालि, स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरूको समेत उपस्थिती रहेको थियो ।

Rirday Bhusal को फोटो।

कार्यक्रममा अभियानका संयोजक पत्रकार अधिवक्ता तेजेन्द्र पाण्डे, डा. निकोलस भुसाल, डा. छवि पन्थी, महिला डक्टर प्रियन्का आनन्द लगायत १०जना डाक्टरहरू निशुल्क सेवा गरेका थिए ।

शिबिरमा साढे चार सय जनताले स्वास्थ्य जाँच गराए शिविर जिल्लाका विभिन्न ठाउँमा सन्चालन गर्ने आयोजकको लक्ष्यअनुसार हालसम्म मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिका वडा नं. १० र वडा नं. ९ मा सम्पन्न गरेको छ । भोलि सोहि सिबिर भाद्र २६ गते पाणिनि गाउँपालिकाको पोखराथोकमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Rirday Bhusal को फोटो।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.