हरिहर सस्कृत साधारण माबिको जग्गा साटफेरका बिषयमा आएका समचार भ्रामक –अध्यक्ष गौतम

Image may contain: 2 people, people sitting

श्याम घिमिरे
भदौ २७ अर्घाखाँच

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडानं. २ पोखराथोकमा रहेको हरिहर सस्कृत साधारण मा.वि को जग्गा साटफेरका बिषमा आएका समचारहरु भ्रामक भएको विद्यालयले जनाएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले सन्धिखर्कमा सुक्रबार पत्रकार सम्मेलन गरि विद्यालयलाई आवश्यक पर्ने करीब ३ बिघाहा ९ कठ्ठा जग्गा बाणगंगा नगरपालीकाको बैरीयामा रहेको जग्गा संग साटफेरको प्रकिया अगाडि बढाएको बताउनु भयो । अध्यक्ष गौतमले विद्यालयलाई नमुना बनाउने शिलशिलामा साईन्स कक्षा लगायतका बिभिन्न कक्षाहरु सन्चालन गर्नकालागि विद्यालयको जग्गा साटफेर गर्न बारम्बार स्थानिय राजनीति दल र सरोकारवालाहरु संग छलफल गरि प्रकिया अगाडि बढाईएको बताउनु भयो ।

Image may contain: 3 people

गौतमले बिद्यालयले आयोजना गरेको मिटिङ्मा गएर हस्ताक्ष्र गर्ने, अनि बाहिर सामाजीक सन्जाल र मिडियामा आएर नकारात्मक कुराहरु गरी आफ्नो चरीत्र हत्या गर्ने र विद्लायको बदनाम गर्ने तर्फ केही तत्वहरु लागी परेको बताउनु भयो । गाउँपालीका अध्यक्ष समेत रहनुभएका गौतमले आफुलाई विद्यालयको जग्गा बाट दुई रुपैयाँ खाएको प्रमाणित गरे आफु आत्मदाहा गर्न तयार रहेको पनी बताउनु भएको हो ।

No photo description available.

यस्तै गौतमले बिद्यालयको हितको निम्ती काम गर्दा केही तत्वहरु आफुलाई राजनितिक तबरले बदनाम गरेर सिध्याउन खोजेको भन्दै आफु सिध्धीन तयार रहेको तर बिद्यालयलाई सिध्याउन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद पोख्रेलको पनि उपस्थिति रहेको थियो । यस अघि सामाजीक सन्जाल र केही अनलाईन मिडियामा हरिहर सस्कृत साधारण माविको करोडौं पर्ने जग्गा कौडीको मुल्यमा साटफेर गर्न ठुलो गिरोह सक्रिय भन्दै समाचार प्रकाशनमा आएको बताईएको छ ।

Image may contain: 2 people, people sitting

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.