गाउँपालिकाको गाडीमा आगजनी

unn.prixa.net

भदौ २९, २०७६ आइतबार सल्यान – सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । उहाँले यस अघि आफूलाइ काँही कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको बताउनुभयो ।

गाडी पूर्ण रुपमा क्षति भएको  र अन्य कुनै क्षति नभएको स्थानीय शिक्षक धर्मराज घर्तीले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । source:ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.