देउराली यातायात प्रा.लि को आयोजनामा ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सुरु

श्याम घिमिरे
असौज ३ अर्घाखाँची

देउराली यातायात अर्घाखाँची प्रा.लि को आयोजनामा सुरक्षीत र आरामदायी यात्रा हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण कार्यक्रम सुक्रबार देखी सन्धिखर्कमा सुरु भएको छ । चाड–पर्वको समयमा हुने यात्रुहरुको चाँपलाई मध्यनजर गरि गाडी चालक,सहचालक र गाडीधनिहरुकालागि वढ्दो सवारी दुर्घटना न्युनिकरण लगायतका विषयमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

चालक,सहचालक र गाडीधनि गरी करीव सय जना भन्दा बढीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमकोे प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले पानसमा बत्तीबाली उद्घाटन गरेका थिए । कार्यक्रममा मनतब्य राख्दै प्रजिअ पौडेलले यातायात प्रशासन राम्रो भएमा राज्यनै राम्रो हुने भन्दै सोही अनुसार अगाडी बढ्न व्यवसायीहरुलाई आग्रह गरे । यस्तै पौडेलले यातायात क्षेत्र जनतासंग प्रत्यक्ष रुपमा जोडीएको हुनाले यसको बिकासमा पनि जोड दिए । उनले अभद्र व्यबहार,बोलिचाली र नराम्रो बानीलाई सुधारगरेमात्रै समग्र यातायात क्षेत्रको ईज्जत रहने भएकोले दुई दिने प्रशिक्षण त्यसतर्फ उन्मुख हुनुपर्ने बताए । यस्तै प्रजिअ पौडेलले जिल्लामा यथासिघ्र गाडीभाडा समायोजन गरीने पनी बताएका थिए ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दे जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख राजिप श्रेष्ठ,प्रालीका अध्यक्ष योगेन्द्र खड्का र प्रहरी जवान नारायण पराजुलीले व्यवसायीहरुलाई सेवाभावले काम गर्न आग्रह गरे । यस्तै उनिहरुले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र सबारी चलाउदा मोवाईलको प्रयोग नगर्न अनुरोध गर्दे ट्राफिक नियम पुर्णरुपमा पालना गर्न सुझाब समेत दिए ।

प्रालिका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता, भेष बहादुर बिसीको स्वागत मन्तव्य र प्रेमप्रकाश पाण्डेको संचालनमा सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्ट,सनपा १२ का वडाअध्यक्ष नारायण खड्का, सनपा १ का वडाअध्यक्ष युबराज बन्जाडे,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

यसैबिच नजिकिदै गरेको चाडपर्वहरुको समयमा गाडीहरु थपेरै भएपनि यात्रुहरुलाई सहज सेवा दिने प्रालिका प्रबक्ता गोबिन्द बन्जाडेले बताएका छन । बन्जाडेले चाडपर्बको समयमा चर्को भाडा उठाउन खोज्ने ब्यबसायीहरुलाई कारबाही गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।

This image has an empty alt attribute; its file name is 70411262_676755236148172_278931205020188672_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.