स्वास्थ्य र शिक्षा क्षेत्रलाई सुधार्ने जिम्मा सरकारले लिनुपर्छ : मन्त्री खनाल

असोज ११, २०७६ अर्घाखाँची : कृषि तथा पशु पंक्षीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले निजीकरण तथा व्यापारीकरण भइरहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले पहुँच पुर्‍याउन नसकेको बताएका छन्। मन्त्री खनालले निजी क्षेत्रमा खोलिएका अस्पताल, विद्यालय जति सरसफाइ र व्यवस्थित छ, उता सरकारी विद्यालय र सरकारी अस्पताल देख्ने लायक नभएको पनि बताए। विश्व मुटु रोग दिवसको अवसरमा लायन्स लियो क्लब अफ काठमाडौं लर्ड बुद्धद्वारा सन्धिखर्क नगरपालिका ५ बलेबाङमा शनिबार आयोजित २ दिने बृहत स्वास्थ्य शिविरका उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन्।

मन्त्री खनालले अहिले निजी अस्पताल र बोडिङहरूमा मनपरी रूपमा शुल्क लिने गर्दासमेत सरकार मुखदर्शक बनिरहेको भन्दै राज्यले योजना बनाउन कन्जुस्याइँ नगरे स्वास्थ्य तथा सरकारी विद्यालयको नाजुकस्थिति सुध्रिने बताए। मन्त्री खनालले सरकारी विद्यालय निजी विद्यालय सरह पठ्नपाठ्नमा जोड दिनु पर्ने औँलाउँदै महिनाको ३०/३२ हजार तलब खाने सरकारी शिक्षक विद्यालयमा फेसबुक चलाएर बस्छ, तर मासिक ८/१० हजार तलब खाने निजी विद्यालयका शिक्षक कक्षामा पढाउन गएन भने भोलि स्कुलबाटै निकालिन्छ भन्दै यस्तो अवस्था सुधार्न राज्यले नसकेको टिप्पणी गरे।  उनले सरकारी विद्यालयमा पठ्नपाठ्न सुधार्नु पर्ने बताए। यस्तै निजी अस्पताल सेवामुखीभन्दा पनि व्यापारमुखी भएको भन्दै मन्त्री खनालले कतिपय निजी अस्पालमा अहिले औषधिको गुणस्तर नभएको, मनपरी शुल्क लिएर सेवाग्राहीलाई दु:ख दिएको प्रति सरकारले नियन्त्रण गर्न नसकेको बताए।

उनले बिषादी हालेर उत्पादन गरेको तरकारी तथा खाद्यान्नले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको, क्यान्सरजस्ता भयानक रोगबाट नागरिक पीडित बन्दै गएकाले सरकारले विषादी प्रयोग गर्न रोक लगाएका बताए। विषादी प्रयोग गरिएको खानाले क्यान्सर रोग निम्तिने र भोलि जन्मिने शिशु अपांग हुने बताउँदै मन्त्री खनालले आफूले धेरै विषादी हटाएको र जीवनासक ऐन सदनबाट पारित भएको पनि उल्लेख गरे। सरकारले स्वीकृति नगरिएका विषादी भारतबाट भित्र्याउने, अनाधिकृत रूपमा बेच्ने, आम जनतालाई रोगी बनाउनेजस्ता विषादी बिक्रीवितरण गरेको पाइएमा कार्वाही हुने मन्त्री खनालको भनाइ छ।
source:thahakhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.