Monthly Archives: October 2019

नेपाली काँग्रेसबाट मालारानी ३ को वडा अध्यक्षका लागी शोभाखर खनाल सर्वसम्मत चयन

घनश्याम पौडेल सन्धिखर्क एफएम कार्तिक १३ अर्घाखाँची –  मंसिर १४ गते हुने अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ३ खनदहमा हुने उपनिवार्चनको लागी चुनावी रौनक सुरु भएको छ । नेकपा र नेपाली काँग्रेसबिचँ प्रतिष्पर्धा हुने मालारानी गाउँपालिकामा दलहरु उम्मेदवार चयन गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका लागी शोभाखर खनाललाई सर्वसम्मत चयन गरेको छ । वडाका करिब ३००

Read more

प्रहरीकाे गाेली लागेर कपिलवस्तुमा एक जनाकाे ज्यान गयाे, बजार क्षेत्रमा कर्फ्यू

कात्तिक १४,  कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको उज्यालो सहकर्मी गोपाल भण्डारीले जनाएका छन् ।  लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

Read more

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

कात्तिक १३,  काठमाण्डौ – नेपाल क्रिकेट संघ(क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो । अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । संक्रमणकालीन

Read more

समाजसेवी भुसालद्धारा ॐ श्रीकृष्ण गौशलालाई १ लाख सहयोग

घनश्याम पौडेलअर्घाखाँची, १२ कात्तिक । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ का समाजसेवी बसन्त भुसालले गौशलालाई १ लाख १ हजार सहयोग गर्नुभएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको ॐ श्रीकृष्ण गौशलालाई एक कार्यक्रमको बिचमा सहयोग गर्नुभएको हो । सन्धिखर्कमा बसोबास गर्दै आउँनुभएका भुसालले ॐ श्रीकृष्ण गौशलाका अध्यक्ष नारायण खनाललाई चेक हस्तान्तरण गर्नुभएको हो । चेक

Read more

अर्घाखाँचीकाे जुकेनामा बस दुर्घटना १४ जना घाईते

कार्तिक ११ अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क, ठाडा हुँदै जुकेना जादै गरेकाे बस मनकामना भगवती माता मन्दिर नजिकै सोमवार दिउँसो बस दुर्घटना भएको छ। जुकेनाकाे शिवादहका लागि यात्रु बोकेर जाँदै गरेको लु २ ख ६६१ नम्बरको बसको ब्रेकको पाईप एक्कासी फुटेपछी अनियन्त्रित भई दुर्घटना हुदाँ १४ जना घाईते भएका छन् । दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि

Read more
« Older Entries