अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना, तीन जनाकोे मृत्यु ६ घाईते


श्याम घिमिरे
असोज २० अर्घाखाँची –

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालीका वडानम्वर–६ नरपानी नजिकै सोमबार दिउसो सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै गरेको लु १ ज ४३२९ नम्वरकोे बोलेरो जिप दुर्घटनामा परी ३ जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडानम्बर– २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडानम्बर– ५ दाङ वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमति वर्ष ४६ की श्यामकला खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । यस्तै एक जना मृतक पुरूषको भने सनाखत हुन नसकेको उहाँले बताउनु भयो ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष १९ की सिमा रेग्मी, उहाँका १ बर्षका छोरा आदित्य रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरका वर्ष ३० का उमेश रेग्मी, लमही ५ दाङका वर्ष १२ की अनिता खनाल, सोही ठाउँकै बर्ष १६ की बिन्दु खनाल र बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गे कपिलबस्तुका गाडी चालक वर्ष २४ का विरेन्द्र श्रेष्ठ घाईते हुनुभएको छ ।

घाईतेमध्ये उमेश रेग्मी, अनिता खनाल, विन्दु खनाल र चालक विरेन्द्र श्रेष्ठलाई सन्धिखर्क अस्पतालमा सामान्य उपचार पछी थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको अस्पतालले जनाएको छ । अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

गाडीको ब्रेक फेल भएका कारण दुर्घटना भएको चालक श्रेष्ठले बताउनुभयो । जीप ओरालो सडकमा अनियन्त्रित भई सडक देखि झण्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे सुचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रकाश विष्ट, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधब रेग्मी सहितको टोली घटनास्थल पुगेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.