राजनीति परिवर्तन सँगै सांस्कृतिक रुपान्तरण आवस्यक -राष्ट्रिय सभा सदस्य खडका

शोभाखर पन्थी

अर्घाखाँची असोज २२ गते । राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले मुलुकमा राजनीतिक परिवर्तन भएपनि संस्कार र संस्कृतिमा रुपान्तरणको खाँचो रहेको बताउनुभएको छ ।

नेपाली जनताको ठुलो त्याग र बलिदानका कारण मुलुकमा राजनीतिक परिवर्तन भएपनि पुरानो संस्कार , संस्कृति तथा खराव प्रबृति राष्ट्र निर्माणमा बाधक रहेको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी वडा नं. ३ कमिटी द्वारा खनदहमा आयोजित शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रममा मन्तव्य राख्दै उहाँले पुरानो सोंच ,संस्कार र संस्कृतिका कारण सरकारले अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयो ।

वर्तमान सरकार ईतिहासमै ऐतिहासिक महत्वको जनमुखी सरकार भएको बताउँदै उहाँले सरकारले जनईच्छा अनुसार परिणाम ल्याउनेमा ढुक्क हुन सबै पक्षलाई आग्रह गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहनु भएका खड्काले नेपालका दुई ठुला पार्टी बीचको एकताले संसारका श्रमजीवी वर्गको मनोबल बढ्ने गरि काम भएको बताउँदै ऊहाँले सरकार निर्माण गर्नको लागि मात्र नभएर समाज बादी क्रान्ति मार्फत जनताको मुहारमा परिवर्तन ल्याउने बताउनुभयो ।

उहाँले सरकारले पहिलो बर्ष लाई आधारबर्ष मानि कानुन निर्माण गरेको र अबका बर्षलाई बिकास र समृद्धिको अभियान मानेर अगाडि बढ्ने बताउनुभयो । नेता खड्काले वर्तमान सरकासरकारका बिरुद्ध देशी तथा बिदेशी शक्ति केन्द्रले षड्यन्त्र गरेको आरोप लगाउँदै सचेतता पुर्वक अगाडि बढ्न कार्यकर्ता लाई आग्रह गर्नुभयो । राणा,राजा र कांग्रेसले सयौं बर्षमा गर्न नसकेको काम बर्तमान सरकारले छ‍ोट‍ो अबधिमा पूरा गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अनुशाशीत र जुझारु पार्टी निर्माणमा जुट्न कार्यकर्ता लाई आग्रह गर्नुभयो । उहाँले बैचारिक र संगठनिक हिसाबले पार्टी लाई मजबुत बनाई राष्ट्र निर्माण र सामाजिक रुपान्तरणमा जुट्न आग्रह गर्नुभयो ।
प्रदेश सभाका सदस्य समेत रहनु भएका उहाँले मालारानी वडा नं. ३ लाई फलफुल ,तरकारी र पशुपालन पकेट क्षेत्रक‍‍ो रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा जनशक्ति बिस्थापित भएको बताउँदै उहाँले स्वरोजगार मुलक कार्यक्रम संचालन गरि बिदेशीएका युवाहरू लाई स्वदेशमै रोजगारी दिलाउने बताउनु भयो । उहाँले वडामा २ बर्षमा घरघरमा पानीको धारा पुर्‍याउने ,६ महिना भित्रमा काठको पोल मुक्त पार्ने,सडक स्तरउन्नती र पिचगर्ने तयारीमा जुटेको बताउँदै जनताको चाहना अनुसार बिकासको काम लाई अगाडि बढाउने बताउनु भयो । प्रदेश सरकार बाट मात्रै पनि जिल्लामा करीब २ अर्ब बजेट निकासी गर्न सफल भएको भन्दै उहाँले वडालाई नमुना बनाउने दाबीसमेत गर्नुभयो ।

वडा कमिटीका अध्यक्ष दण्डपाणि पोख्रेलको अध्यक्षता र बलाराम खनालक‍‍ो संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य जनार्दन खनाल ,मालारानी गाउँ पालिका कमिटीका अध्यक्ष सालिकराम आचार्य,नेपाल कम्युनिस्ट पार्टी कार्यालय सचिब लिलबहादुर बि.क.,जिल्ला कमिटीका सदस्य बालकृष्ण आचार्य,नारायण खनाल ,दिपा पोख्रेल ,नेकपाका नेता रामप्रसाद खनाल,स्थानीय नेता हरिबहादुर जि.सी. लगायतका बक्ताहरुले मन्तव्य राख्दै खनदह लाई व्यवहारिक र शैक्षिक केन्द्रक‍ो रुपमा बिकास गर्नुपर्नेमा जोडदिनु भयो । कार्यक्रममा ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताक‍ो उपस्थिति रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.