सिन्धुपाल्चोक दुर्घटना अपडेट : ११ मृतकको सनाखत

असोज २४, २०७६ सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। ६० जनाभन्दा धेरै घाइते भएका छन्। गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए। उनका अनुसार अहिलेसम्म मृतक ११ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ६ जना पुरुष, ४ जना महिला र १ जना बालकको सनाखत भएको उनले बताए। सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन्।

अन्य मृतकहरू जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर, रितेश आचार्य रहेका छन्। एक बालक सुमित पुर्कुटीको पनि सनाखत भएको छ। बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’  बस दुर्घटनास्थलमा पुगी घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेका छन्। उद्धार र उपचारमा कमी हुन नदिन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। source:thahakhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.