अर्घाको रानी गैरामा बिशाल जनसभा सम्पन्न,संघीयताले देश खोक्रो बनाएको राजमो अध्यक्ष चित्रबहादुर केसीको दाबी ।


श्याम घिमिरे
असोज २६, अर्घाखाँची

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश खोक्रो बनाएको बताएका छन् । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा आईतबार अर्घाको रानीगैरामा कोजागर्त पूर्णिमाको अवसर पारेर गरिएका विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष केसीले सानो मुलुकका लागि संघीयता सेतो हात्ती भएको बताएका हुन् । अहिलेको महँगी हेर्नुस् अनि जनतालाई लगाएको कर पनी हेर्नुस त, केसीले भने, यो सबै संघीयताको परीणाम हो । संघीयता खारेजीको विकल्प नभएको भन्दै केसीले नेपालमा चिनको जस्तो साशन व्यवस्था सुरु होलाकी भनेर केही शक्तिहरू त्रसिएको भएपनि तत्काल नेपालमा चिनको जस्तो शासन प्रणाली सम्भावना नरहेको बताए ।

अध्यक्ष केसीले चीन जस्तो समृद्ध मुलुककोे स्वाभिमानी पद्धती नेपालमा लागु गरे देशमा राम्रो हुने धारणा समेत व्यक्त गरे । प्रदेशको नामाकरण गर्न समेत नसक्ने कम्युनिष्ट सरकार जनताको सरकार नभएको भन्दै केसीले अहिलेको सरकारबाट नेपाली जनताले कुनैकुराको पनि आश गर्न नहुनेमा जोड दिए ।

पुर्ब उपप्रधानमन्त्री समेत रहेका केसीले अंगीकृत नागरिकता व्यवस्थाले देशमा झनै संकट आइपरेको बताए । नागरिकता व्यवस्था खुकुलो बनाउँदा देशमा अंगिकृत नागरिकता धारीहरू बढी हुनसक्ने भन्दै अध्यक्ष केसीले अंगिकृत नागरीकता व्यवस्थालाई अझै कडाइ गर्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता गोपाल पौडेलको स्वागत मन्तब्य र बाबुराम सुनारको संञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, राजमो केन्द्रीय सदस्य झबिलाल थापा ,राजमो पुर्ब केन्द्रीय सदस्य सागर केसी, नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, अखिल नेपाल किसान महासंघका महासचिव कृष्ण केसि,अखिल नेपाल युबक संघका केन्द्रीय अध्यक्ष अनिल किसोर घिमिरे,अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवर लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्र तथा जिल्लाका कलाकारहरुले विविध जनवादी साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गराका थिए । राष्ट्रिय जनमोर्चाले देशको समसामयिक राष्ट्रिय परिस्थिति र पार्टिको कार्यक्रम तथा धारणा सार्वजनिक गर्ने माध्यमको रुपमा पञ्चायती व्यवस्थादेखी निरन्तर अर्घाको रानीगैरामा गर्दे आइरहेको यो जनसभाले राष्ट्रिय स्तरमै महत्व राख्ने गर्दछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.