अर्घाखाँचीमा पालीका स्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगिता सुरु ( तस्बिर सहित )

श्याम घिमिरे
असोज २७ अर्घाखाँची –

जिल्ला सदरमुकाम सन्धिखर्कमा अन्तरपालीका स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । अर्घाखाँची युवा परिषद्को आयोजनामा तेस्रो एवाइसी रनिङ्गशिल्ड भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नुभयोे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै भुसालले खेल क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । जिल्लामा पछिल्लो समय ठूलाठूला प्रतियोगिता समेत हुन लागेकाले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो मद्दत पुग्ने भन्दै उहाँले खेलकुदको विकासमा आवश्यक वजेट बिनियोजन गर्न कन्ज्युसाइ नगर्न समेत जिल्लाका सबै स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।

यस्तै भुसालले खेलकुदको माध्यबाट राष्ट्रलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउन नेपाली खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै खेलाडीको सम्मान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाट नै राष्ट्रिय खेलाडी बन्ने भएकोले प्रतियोगिता आयोजनाले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्नेमा बिश्वास व्यक्त गर्नुभयो ।


परिषद्का अध्यक्ष काजी श्रेष्ठले विगतका वर्षहरुमा गाविस स्तरीय प्रतियोगिता आयोजना गर्ने गरिएको भएपनि परिवर्तित संरचना अनुसार अहिले पालीका स्तरीय प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । प्रतियोगामा प्रथम हुने टिमलाई नगद ५० हजार द्वितियलाई ३० हजार र तृतिय हुने टिमलाई २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरीने परिषद्का महासचिब प्रकाश भुसालले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरि छ वटै स्थानीय तहले भाग लिएका छन् ।


बिगतका प्रतियोगितामा पालिका भित्रका खेलाडी मात्र सहभागी हुने भएतापनी स्थानिय खेलाडीलाई खेलका नियम र प्रदर्शनमा सिकाइ होस भन्ने हेतुले यस बर्ष बाट प्रत्येक टिमले २ जना प्रशिक्षक खेलाडी समेत अनुबन्धन गर्न पाउने प्राबधान गरीएको परीषद्ले जनाएको छ ।


परीषद्का अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता,केशब घिमिरेको स्वागत मनतब्य र प्रकाश भुसालको सन्चालानमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नुभएको हो । कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि,शुरक्षा निकायका प्रमुख,बिभिन्न कार्यालयका प्रमुख,सञ्चाकर्मि लगायत सयाैैं दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लामा खेल क्षेत्रलाई उचो राख्न बिभिन्न क्षेत्रबाट सहयोग गर्ने जिल्लाका पाँच जना युबाहरु पत्रकार घनश्याम पाैडेल,कमल बिष्ट ,अर्घाखाँची क्रिकेट एकेडेमीका अध्यक्ष रीषिकेश भट्टराई ,भलिबल खेलाडी केशर केसि र व्यवसायी शन्ताेष नेपालीलाई सम्मान समेत गरिएको थियो ।


यसैबिच आज सम्पन्न सितगंगा नगरपालीका र छत्रदेव गाउँपालिका बीच भएको पहिलो खेलमा सितगंगा नगरपालीकाले छत्रदेव गाउँपालीलाई सोझो सेटमा पराजित गरेको छ । यस्तै सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालीका बीच भएको दोस्रो खेलमा सन्धिखर्क नगरपालिकाले भुमिकास्थान नगरपालीकालाई पनि सोझो सेटमै हराएको हो । यस्तै भोली बिहान सात वजे छत्रदेव गाउँपालीका र पाणीनि गाउँपालीका बीचमा खेल हुने आयोजकले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.