एवाईसी रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगालाई (तस्बिर सहित)

श्याम घिमिरे
असोज २९ अर्घाखाँची –

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार देखि सुरु भएको एवाईसी अन्तर पालिका स्तरीय तेस्रो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ । ‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ को आयोजनामा सम्पन्न प्रतियोगीतामा जिल्लाका ६ वटै पालीकाहरुको सहभागिता रहेको थियो । बुधबार सम्पन्न फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई सोझो सेटमा हराउँदै शितगंगा नगरपालीकाले विजयी हासिल गरेको हो ।

Image may contain: 16 people, including Bishnu Bhusal and Surya Adhikari, people smiling, text

यो संगै प्रतियोगीतामा सितगंगा नगरपालीका प्रथम,सन्धिखर्क नगरपालीका द्धतिय र भुमिकास्थान नगरपालीकाले तृतिय स्थान हासील गरेका छन । यता पाणिनी गाउँपालिका भने निर्धारीत समयमा खेलमा सहभागि नभएपछि स्वतः भुमिकास्थान नगरपालिका तृतिय भएको आयोजकले जनाएको छ ।

Image may contain: 16 people, including Madhab Khanal, people smiling, shoes and outdoor

प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु.५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार सहित आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको परिषद्का महासचिव प्रकाश भुसालले जानकारी दिनुभयो । यस्तै प्रतियोगीतामा ३ पटक सम्म लगातार रनिङ्गशिल्ड जित्ने टिमलाई नगद रु १ लाखको साथमा शिल्ड पनि प्रदान परीषद्का अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो । यसअघि प्रतियोगीताको सोमबार जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले उद्घाटन गर्नुभएको थियो ।

Image may contain: 13 people, people smiling

शितगंगाले लगातार दोस्रोपटक रनिङ्गशिल्ड जितेको हो । यसैबिच आगामी बर्ष चौथो एवाईसी अन्तर पालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७७ साल कात्तिक २० गते खेलाडी प्रशिक्षण कार्यक्रम सहित कात्तिक २१ र २२ गते सन्धिखर्क टुडिखेलमा हुने आयोजकले जानकारी दिएको छ ।

Image may contain: one or more people, sky, mountain, basketball court and outdoor
Image may contain: 9 people, including Dilaram Bhusal, Keshab Ghimire and Sahayogi Bc, people smiling, outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.