साथी बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न ( तस्बिर सहित )

श्याम घिमिरे,
कात्तिक २ अर्घाखाँची –

आर्थिक उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको सातौं साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता,कृष्ण प्रसाद भुसालको स्वागत मनतब्य र केशब घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रमको संस्थाका जेष्ठ शेयर सदस्य केशबराज चुँदालीले पानसमा दिप प्रज्ववलन गरी उद्घाटन गर्नुभएको हो । अन्य कार्यक्रम भन्दा फरक तरीकाबाट सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज भुसालले प्रगति प्रतिबेदन,कार्यकारी निर्देशक प्रकाश भुसालले संस्थाको प्रस्ताबित कार्यक्रम बजेट तथा निति र योजना र लेखा संयोजक नेत्र प्रसाद भुसालले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको हो ।

Image may contain: Dharmaraj Bhusal and Prem Thapa, people smiling, people standing and indoor

करीब तिन सय भन्दा बढी प्रतिनिधिमुलक शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थालाई उचोराख्न अतुलनिय भुमिका निर्बाह गरेको भन्दै संस्थाका सदस्य ठाकुर प्रसाद भुसाल,पत्रकारीताको माध्यमबाट संस्थाका गतिबिति सु–सुचित गराउन महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै सन्धिखर्क एफएमका स्टेशन मेनेजर श्याम घिमिरे र संस्थाका कर्मचारी गणेश मुखियालाई प्रमाणपत्र र नगद रकम सहीत सम्मान गरीएको हो ।

Image may contain: one or more people, crowd and indoor
Image may contain: 4 people, including Motijung Rayamajhi, people smiling, people standing and suit


यस्तै असल ऋृणकर्ता बिष्णु प्रसाद भुसाल,जिबन खनाल,पार्बता भुसाल,कृष्णलाल बिश्वकर्मा, कमला बिक र असल बचत कर्ता पुरन अधिकारी,लक्ष्मी श्रेष्ठ,राजेश कुमार नाउँ,शोभाकला पराजुली र जगत प्रसाद भुसाललाई पनि सम्मान गरीएको हो ।

Image may contain: 7 people, including Dilaram Bhusal and Laxmi Narayan Chudali


यस्तै कार्यक्रममा संस्थाले चिठ्ठा उपहार कार्यक्रम अन्तर्रगत १५ जना शेयर सदस्यहरुलाई गोलाप्रर्था द्धारा भ्रमण लैजाने निर्णय गर्नुको साथै १० जना शेयर सदस्यहरुलाई गोला प्रर्था बाटै अचम्मको पोका पनि बितरण गरेको थियो ।

Image may contain: 1 person, indoor


२०६९ सालमा स्थापित साथी सहकारी संस्था छोटो समयमै जिल्लाको मात्रै नभई सामाजीक उत्तरदायीत्व अन्र्तगत गर्ने क्रियाकलापहरुमा देशकै उदाहरणिय संस्था बन्नुको साथै तत्कालीन डिभिजन सहकारी कार्यालय कपिलबस्तुबाट २÷२ पटक सम्म उत्कृष्ठ सहकारी पुरस्कारबाट पुरस्कृत समेत भएको थियो ।

Image may contain: one or more people, people standing and indoor


२२२६ जना शेयर सदस्य रहेको संस्थामा हालसम्म १ करोड ८१ लाख १४ हजार रुपैया शेयर पुँजी रहेको छ भने,८ करोड ११ लाख ३६ हजार ६ सय ५० रुपैया बचत संकल हुनको साथै ७ करोड ४७ लाख २० हजार ३ सय ८८ रुपैया ऋण लगानी भएको संस्थाले जनाएको छ । संस्थाले हाल बिभिन्न १० वटा साथी बचत योजना र ऋण योजनाहरु सन्चालन गर्नुको अलवा बिभिन्न चेतनामुलक कार्यक्रम,तालीम,छात्रबृत्ति बितरण,राहत बितरण लगायतका उल्लेखनिय गतिबिधि सन्चालन गर्दे आईरहेको छ ।

Image may contain: 6 people, including Paudel Krishna and Kamal Khanal, people sitting and indoor
Image may contain: 3 people, including Suman Banjade, indoor
Image may contain: 9 people, including Tulsi Ram Bhusal and Keshab Ghimire, people smiling, crowd
Image may contain: 12 people, people smiling, people sitting, crowd and indoor
Image may contain: one or more people, people sitting and indoor
Image may contain: one or more people, people sitting and indoor
No photo description available.
Image may contain: 1 person, smiling, standing
Image may contain: Dharmaraj Bhusal and Prem Thapa, people smiling, people standing and indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.