सनराईज बोर्डिङ्ग डिभर्नामा अभिभावक भेला तथा नयाँ सेयर सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न ।

समान्ता पाण्डे ,कार्तिक ०३ अर्घाखाँची –

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ मा रहेको सनराईज ईङ्ग्लिश बोर्डिङ्ग हाई स्कूलले आज कार्यक्रमका बिच अभिभावक भेला , नयाँ सेयर सदस्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख युगलनारायण बसेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सनपा १२ वडा सदस्य बाबुराम बस्याल , समाजसेवी हरी बहादुर खड्का , भुकम्प पुनर्निर्माण प्राधिकरण अर्घाखाँचीका ठाकुर श्रेष्ठ , अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न ६ जगत निवासी त्रीद्वय बिन्दा सापकोटा भट्टराई , कमल प्रसाद भट्टराई , भुमिराज भट्टराई , पत्रकार मधु कुमार श्रेष्ठ लगायतको उपस्थित रहेको छ ।

२५ वर्ष लामो ईतिहास बोकेको यस बिद्यालय बिगतमा एकल सेयरमा संचालनमा थियो भने अब संयुक्त सेयरमा सन्चालन हुने भएको छ । सनपा ६ जगत निवासी हाल अमेरीकामा बसोवास गर्ने बिन्दा सापकोटा भट्टराई , किरण पौडेल र बिद्यालयका सस्थापक प्रीन्सिपल नारायण प्रसाद पौडेलको संयुक्त सेयरमा बिद्यालयको अगाडि यात्रा बढ्ने बताईएको छ ।

कार्यक्रममा नयाँ बिद्यालय ब्यबस्थापन समिती गठन र बाल क्लव गठनलाई अभिभावक भेलाद्वारा अनुमदन समेत गरिएको छ । भेलाले नयाँ सेयर धनी किरण पौडेललाई बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन गरेको छ । साथै बाल क्लबमा बिद्यार्थी रिजन बस्याल र सचिवमा बिद्यार्थी अस्मिता पौडेललाई चयन गरेको छ ।

कार्यक्रम माथी बिद्यालयका सस्थापक प्रीन्सिपल नारायण प्रसाद पौडेलले प्रकाश परेका थिए । कार्यक्रमा मन्तव्य राख्दै नगर शिक्षा प्रमुख युगलनारायण बसेलले बिद्यालयको आगामी यात्राको लागि शुभकामना ब्यक्त गर्दै अबको शिक्षा विश्व बजारसङ्ग प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्ने बताए । त्यस्तै सनपा १२ का वडा अध्यक्ष नारायण खड्काले शिक्षक , बिद्यार्थी र अभिभावकको त्रीपक्ष सम्बन्धले मात्र बिद्यालय र बिद्यार्थीको भबिस्य सुनिस्चित हुने बताउदै ब्यक्तिगत तथा वडा कार्यालयको सहयोग रहने बताए ।

कार्यक्रममा भुकम्प पुनर्निर्माण प्राधिकरण अर्घाखाँचीका ठाकुर श्रेष्ठ , समाजसेवी ईन्द्र बहादुर क्षेत्री , समाजसेवी कमल प्रसाद भट्टराई पत्रकार मधुकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नया सेयर सदस्यहरु बिन्दा सपाकोटा भट्टराई र किरण पौडेललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरीएको थियो । कार्यक्रममा भुतपुर्व बिद्यार्थीहरुको देश बिदेशमा रहेर गरीरहेको शैक्षिक सफलताको जानकारी बिद्यालयका सहायक प्रीन्सीपिल दमोदर आचार्यले गराएका थिए भने बिद्यालयको स्मार्ट स्कूलको बारेमा शिक्षक मनोज पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम निवर्तमान बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष पिताम्बर पौडेलको अध्यक्षता , शिक्षिका बिनिता परीयारको स्वागत मन्तव्य तथा शिक्षक बिक्रम पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.