तिहारमा प्रज्वलनशील पदार्थको ओसारपसार एंव बिक्री बितरण नगर्न प्रशासनको अनुरोध


श्याम घिमिरे
कार्तिक ६ अर्घाखाँची –

तिहारमा पटाका, भुइँचम्पा, आतीसबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य वस्तुहरुको उत्पादन, आयात, ओसारपसार, बिक्री–वितरण तथा प्रयोग गर्ने जस्ता कार्य नगर्न सबैमा जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले आग्रह गरेको छ । पटका लगायत प्रज्वलनशील पदार्थले आगलागी लगायत अप्रीय घटना घटनसक्ने भएकाले पटका,आतीसबाजी, भुइँचम्पा जस्ता प्रज्वलनशील पदार्थको ओसार पसार एंव बिक्री बितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकरी बिजयराज पौडेलले बताउनुभयो ।

बिशेष गरी त्यस्ता सामग्रीहरुको प्रयोग बच्चाहरुले गर्ने भएकाले उनीहरुमा यसले ठूलो असर पार्न सक्ने हुँदा यस्ता पर्दाथहरुको व्यापार नगरिदिन जिल्लाका सबै व्यापारीहरुलाइ आग्रह समेत गर्नुभएको छ ।

उता तिहारको अवसरमा खेलिने देउसीभैलोलाई मर्याद्ति एवं व्यवस्थित रुपमा सञ्चालन गर्न प्रजिअ पौडेलले जिल्लाबासी सबैमा आग्रह पनि गर्नुभएको छ । रमाईलोको नाममा जबरजस्ती गर्ने एवं राति १० बजेपछि देउसी भैलो खेल्ने कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धित सबैलाई बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

यस्तै समाजमा नकारात्मक प्रभाबपार्ने खालका श्रब्यदृश्य सामाग्रीहरु उत्पादन, बिक्रिबितरण र प्रसारण नगर्न पनि प्रशासनले आग्रह गरेको छ । प्रशासनको सूचनाको अवज्ञा गरी माथी उल्लेखीत कृयाकलाप गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कहिकतैबाट माथी उल्लेखित कृयाकलाप भएमा नजिकैको सुरक्षा निकाय,प्रहरी वा मोवाईल नं.९८५७००७७७७ र ९८५७००५५५५ मा जानकारी गराईदिन अनुरोध गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.