अर्घाखाँची समाज जापान द्वारा अर्घाखाँची अस्पताललाई बिभिन्न सामाग्री हस्तान्तरण (तस्बिर सहित)


श्याम घिमिरे
कात्तिक ७ अर्घाखाँची-

अर्घाखाँची समाज जापान द्वारा अर्घाखाँची अस्पताल सन्धिखर्कलाई बिहिबार एक कार्यक्रमका बिच बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरीएको छ । रोजगारीको शिलसिलामा जापानमा बस्ने अर्घाखाँची बासीहरुको साझा संस्था अर्घाखाँची समाज जापानको बिशेष पहलमा अस्पताललाई करीब २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरीएको हो । अस्पतालामा आबश्यक पर्ने सेमिडिलक्स बेड ६ थान, बेड साईड लकर ६ थान, थ्री सिटर चेयर ४ थान र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर १ थान समाजका उपाध्यक्ष कृष्ण केसीले अस्पतालका प्रमुख डा. जगनाथ तिवारीलाई हस्तातन्तरण गर्नुभएको हो ।

पत्रकार सहयोगी बिसीको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै समाजका उपाध्यक्ष केसीले स्वास्थ्य र शिक्षा जनताको पहीलो आबस्यकता भएको भन्दै स्वास्थ्य र शिक्षा बिना बिकास सम्भब नभएको बताउनु भयो । अस्पतालका प्रमुख डा. जगनाथ तिबारीले समाजले गरेको उल्लेखनिय कार्यको मुक्त कण्ठले प्रसंशा गर्नुभयो ।

कार्यक्रममा अर्घाखाँची हस्पीटल प्रालिका ब्यबस्थापक नारायण पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य मार्फत समाजलाई धन्यबाद दिदै आगामी दिनमा सामाजीक कार्यमा निरन्तरता दिन आग्रह समेत गर्नुभयो । समाजले हालसम्म बिभिन्न सामाजीक कार्यको लागी भन्दै करीब २० लाख रुपैया रकम खर्चगरेको बताईएको छ ।

This image has an empty alt attribute; its file name is 73202214_2447462948858484_5439895960958271488_n.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.