उदीयमान जनजागृति क्लव मालारानी ५ बाँगीकाे प्रथम बार्षिक साधरण सभा सम्पन्न,युवाहरू सकारात्मक साेचका साथ समाज सुधारमा अग्रसर हुनुपर्छ-खड्का

अर्जुन भुसाल कार्तिक ९ अर्घाखाँची-

राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता चन्द्रबहादुर खडका (उज्जवल)ले युवाहरू सकारात्मक साेचका साथ समाज सुधारमा अग्रसर हुनु पर्ने बताउनु भएकाे छ । उदीयमान जनजागृति क्लव मालारानी ५ बाँगीकाे प्रथम बार्षिक साधरण सभाकाे उदघाटन गर्दै उहाँले पछिल्लाे समय सामाजिक सञ्जालमा अभद्र र छुद्र टिप्पणी गर्नेहरू बढेकाे भन्दै युवाहरू सिर्जनशिल कार्यमा लाग्नु पर्ने अाैंल्याउनुभयाे । उहाँले युवाहरू विना परिवर्तन संभव नरहने बताउँदै संगठित र केन्द्रीकृत भएर समाज सेवामा लाग्नु पर्ने जिकिर गर्नुभयाे । उहाँले क्लवका गतिविधिहरूलाई अाफूले नजिकबाट नियाएकाे भन्दै क्लवका कामहरूबाट प्रभावित भएकाे बताउनुभयाे । उहाँले क्लवकाे भवन निर्माणका लागि अावश्यक सहयाेग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

Image may contain: 10 people, including Mb Pandey, Arjun Bhusal, Devendra Kc and Chandra Khadka Ujjwal, people standing

प्रदेश सांसद चेतनारायण अाचार्यले स्वच्छ भावनाका साथ समाज सेवामा लाग्ने संस्था र व्यक्तिहरू नै लाेकप्रिय हुने बताउनुभयाे । उहाँले युवाहरूकाे साथसहयाेगले ठूला ठूला परिवर्तन संभव भएकाे भन्दै युवाहरूका समस्या समाधान गर्न अाफूहरू तयार रहेकाे बताउनुभयाे । उहाँले जिल्लाकाे समग्र विकासका लागि जनप्रतिनिधिहररूले कुनै कसुर बाँकी राख्न नहुने भन्दै प्रदेश सरकारबाट मात्रै सवा अर्व वजेट विनियाेजन भइ काम भइरहेकाे बताउनुभयाे । उहाँले व्याप्त रूपमा रहेकाे खानेपानीकाे समस्या हल गर्नका लागि विभिन्न परियाेजनाहरू सञ्चालनमा ल्याइएकाे बताउनुभयाे । उहाँले युवाहरूलाई उत्पादनका काममा लागि स्वराजगार बन्न अाग्रह गर्दै सहकारिता र सामुहिकतामा अाधारित कृषि प्रणाली अबलम्वन गर्नु पर्ने धारणा राख्नुभयाे ।

Image may contain: 7 people, including Ram Hari Bhusal, outdoor and nature

कार्यक्रममा मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण अाचार्य, गुठी संस्थानका बाेर्ड सदस्य ताेजबहादुर रायमाझी, क्लवका संरक्षक रामबहादुर चाैहान, वडा नं. ५ का अध्यक्ष शाेभाखर भुसाल, ३ का कावा अध्यक्ष दिपा पाेख्रेल, शान्ति माविका प्राचार्य मान बहादुर पाण्डे, शान्ति मावि भु.पू विद्यार्थी समाजका पूर्व अध्यक्ष गंगा पन्थी, क्लवका सल्लाहकार किम बहादुर चाैहान लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम विष्णु बहादुर चाैहानकाे अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अशाेक चाैहानकाे स्वागत मन्तव्य र सचिव विष्णु कुमार चाैहानकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Image may contain: 7 people, including Chet Narayan Acharya, people standing
Image may contain: 6 people, including Devendra Kc and Chandra Khadka Ujjwal, people standing and food
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.