नेकपाकाे राम्रा कामले प्रतिपक्षी अत्तालिए : रायमाझी

वसन्त श्रेष्ठ छापेली सन्धिखर्क एफएम,९ कार्तिक , अर्घाखाँची – नेपाल कम्युनिष्ट पाटी नेकपा स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझीले प्रतिपक्षी अत्तालिएकाे बताउनुभएकाे छ । नेकपा पाणिनि गाउँपालिका कमिटिले अायाेजना गरेकाे दिपावली, छठ, नेपाल सम्बत लगायतका चाडकाे अवसरमा अायाेजना गरिएकाे शुभकामना अादान प्रदान तथा पुनर्मिलन कार्यक्रममा नेकपाका नेता रायमाझीले कांग्रेस अपराध, भष्टाचार, कुरिति, कुस्सकारकाे संरक्षणमा लागेकाे तर नेकपाकाे सरकारले त्यसकाे अन्त्य गर्दा प्रतिपक्षी अत्तालिएकाे बताउनुभयाे ।

उहाँले देशमा यतिवेला ठुला ठुला अपराधका पिडितहरूले न्याय पाउन थालेकाे भन्दै सरकारले चालेका राम्रा कार्यहरू सरकारबिराेधीका लागि असैह्य भएकाे बताउनुभयाे । रायमाझीले पाणिनि तपाेभुमिलाई पर्यटकीय गन्तब्यकाे रूपमा विकास गरि शिक्षा, स्वास्थ्य, पर्यटन कृषि क्षेत्रकाे प्रबर्द्धनमा लाग्ने बताउनुभयाे । साथै उहाँले पाणिनि ३ वरकारूखमा रहेकाे खेल मैदान निर्माणका लागि २० लाख रकम बिनियाेजन गरिने बताउनुभयाे ।

नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नजिर मियाले नेकपाले लिएकाे समृद्धिकाे बाटाे अन्तराष्ट्रिय स्तरमा समेत प्रसंसाकाे बिषय बनेकाे बताउनुभयाे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश सदस्य दधिराम न्याैपाने, नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, नेकपा ५ नम्बर प्रदेश सचिवालय सदस्य प्रदेश सभा सदस्य तथा जिल्ला अध्यक्ष चेतनाराय अाचार्य, प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार बिक” किशाेर” ,प्रदेश कमिटि सदस्य तथा क्षेत्र नं २ इन्चार्ज ताेजबहादुर रायमाझी लगायतले शुभकामना मन्तब्य दिदै नेपाली चाडपर्वले जनतालाई एकजुट हुने अवसर प्राप्त भएकाे बताउदै याे कार्यक्रमले पार्टी लाई थप उर्जा प्रदान गरेकाे बताउनु भयाे ।

त्यस्तै नेकपा २ नं क्षेत्रिय अध्यक्ष तथा जिल्ला कार्यालय सदस्य जिवनारायण काेइराला, नेकपा जिल्ला कमिटि सदस्य तथा पाणिनि गाउपालिका उपाध्यक्ष लक्ष्मी गाैतम, प्रेश संगठनका नेता हिमबहादुर जिसी लेकाली लगायतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे । कार्यक्रममा नेकपा पाणिनि गाउपालिका कमिटि अध्यक्ष कमल घिमिरेकाे अध्यक्षता, सचिव जीवलाल घिमिरेकाे सञ्चालन र गाउपालपका इन्चार्ज बाबुराम घिमिरे भुवनकाे स्वागत मन्तब्य रहेकाे थियाे । कार्यक्रममा हजारौं नेता तथा पाटी कार्यकर्ताकाे उत्साहजनक उपस्थिति रहेकाे थियाे । साेही अवसरमा नेपाली कांग्रेस लगायतका बिभिन्न पाटी परित्याग गरि नेकपामा प्रवेश गर्ने एक दर्जन बढि कार्यकतालाई प्रमुख अथिति टाेपबहादुर रायमाझीले पाटी प्रवेश गराउनुभएकाे थियाे । साेही अवशरमा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै भरत पुनकाे अध्यक्षतामा पाणिनि खेलकुद क्लवकाे गठन समेत गरिएकाे थियाे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.