समाजसेवी भुसालद्धारा ॐ श्रीकृष्ण गौशलालाई १ लाख सहयोग

घनश्याम पौडेल
अर्घाखाँची, १२ कात्तिक । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ का समाजसेवी बसन्त भुसालले गौशलालाई १ लाख १ हजार सहयोग गर्नुभएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा रहेको ॐ श्रीकृष्ण गौशलालाई एक कार्यक्रमको बिचमा सहयोग गर्नुभएको हो ।

सन्धिखर्कमा बसोबास गर्दै आउँनुभएका भुसालले ॐ श्रीकृष्ण गौशलाका अध्यक्ष नारायण खनाललाई चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण समारोहमा प्रदेश सभा सदस्यद्धय चेतनारायण आचार्य, रामजी घिमिरे, नगरउपप्रमुख ठाकुर विक, वडा अध्यक्षहरु कृष्ण आचार्य, लिला गौतम, लक्ष्मीनारायण चुदाँली, वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मण पराजुली लगाएतको उपस्थित रहेको कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो ।

गौशलालाई थप व्यवस्थापन गरी सञ्चालन गर्नका लागी आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्र्धता भुसालले जनाउनुभयो । समाजसेवी भुसालले जिल्लाका हरेक क्षेत्रमा सहयोग गर्दै आउँनुभएको छ ।

यो पनि पढ्नुहोस ।

ॐ श्रीकृष्ण गौशाला नरपानीमा भव्य गोबद्र्धन पुजा (फोटो फिचर)

अर्घाखाँची जिल्लाको नरपानीमा रहेको ॐ श्रीकृष्ण गौशालामा गोबद्र्धन पुजा गरिएको छ । हिन्दुहरुको द्रोसो महान चार्ड दिपावलीको अबसरमा देशका विभिन्न ठाउँमा रहेका गौशालाहरुमा गोबद्र्धन पुजा गरिदै आएको छ । गोबद्र्धन पुजामा जनप्रतिनिधी सहित स्थानियहरुको उल्लेखनिय उपस्थितीमा पुजा गरिएको हो । सन्धिखर्कको लदाम, अर्घाको डाडाँमा गौशाला बनेपनि सफल बन्न नसकेको

गौशाला यहाँ सफल भएको छ । यहाँ करिब ३ वर्ष अगाडीदेखी गौशाला निमार्ण गरेर गाईको संरक्षणमा लागिएको हो । यहाँ अहिले करिब दुई सय गाईको संख्या छ । यहाँ आगामी दिनमा पाचँ सय गाई पु¥याउँने लक्ष्य रहेको ॐ श्रीकृष्ण गौशालाका अध्यक्ष नारायण खनालले बताए ।

गौशालाको संरक्षणका लागी जनप्रतिनिधीको ध्यान गएको छ । मुख्य समस्याको रुपमा रहेको मोटरबाटो चालु आवमा सम्पन्न गर्नेगरी सन्धिखर्क नगरपालिका तथा वडा कार्यालय अगाडी बढेको वडाअध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।

गाईको संरक्षण गरी पवित्र कार्यको लागी सन्धिखर्क नगरपालिकाले सुरुको वर्ष ५ लाख र यसवर्ष पनि उचित रकम विनियोजन गरेको छ । यस गौशालाको संरक्षणका लागी सहित समग्र सन्धिखर्कको विकासका लागी डिपिआर तयार गरेर अगाडी बढ्ने सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले बताए ।

गौशाला निमार्ण हुनाले गाईहरुको संरक्षण हुने महत्वपुर्ण काम भएको छ । यसलाई एउटा महत्वपुर्ण धार्मिक पर्यटकीय स्थल बनाउँनका लागी सुपादेउराली मन्दिरमा आएका हजारौँ पर्यटकहरुलाई नरपानी हुदैँ यस गौशालासम्म ल्याउँने गरी लाग्ने प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेको भनाई छ ।

धार्मिक पर्यटकहरु ल्याउँन सकेमा समग्र जिल्लाको विकास हुने प्रदेश सभा सदस्यहरुको भनाई रहेको छ । प्रदेश सभाबाट ट्रस्ट निमार्णका लागी २० लाख चालु आवमा राखी थप संरक्षण गरिने भएको छ । सुपादेउराली आएका पर्यटकलाई नरपानी, यहाँको गौशला अवलोकन गराई पैदलमार्ग अन्र्तगत पाणिनी तपोभुमि, अर्घाभगवती मन्दिर, मालारानी हुदैँ प्युठानको स्वर्गद्धारी सम्म पु¥याउँने गरी पुर्ण रुपमा प्रतिवद्ध भएर लाग्ने प्रदेश सभाका सदस्य तथा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले बताए ।

Krishan Acharya को फोटो।

यहाँ गौशाला निमार्ण भएसँगै जिल्लामा छरिएका गाईहरुको संरक्षण भएको छ । गाईको संरक्षणका लागी गोबद्र्धन पुजाकै दिन समाजसेवी बसन्त भुसालले १ लाख १ हजार दान सहयोग गरे । यहाँ गाईको पुजा सँगै नुन खुबाउनका लागी जिल्लाबासीको निकै उपस्थिती रहेको थियो । जिल्लाका अन्य दुई ठाउँमा असफल भएको गौशाला यहाँ सफल देखिएको छ । यहाँ पाचँ सय गाई पु¥याई थप व्यवस्थीत रुपले अगाडी बढ्ने गरी लागेका छन् । तिहारको समयमा गोबद्र्धन पुजाको दिन मात्र होईन सधैभरी गौमाताको संरक्षणका लागी सबै लाग्नुपर्ने देखिन्छ ।
सबै लाग्नुपर्ने देखिन्छ । source:hindukhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.