नेपाली काँग्रेसबाट मालारानी ३ को वडा अध्यक्षका लागी शोभाखर खनाल सर्वसम्मत चयन

घनश्याम पौडेल सन्धिखर्क एफएम कार्तिक १३ अर्घाखाँची –  मंसिर १४ गते हुने अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ३ खनदहमा हुने उपनिवार्चनको लागी चुनावी रौनक सुरु भएको छ । नेकपा र नेपाली काँग्रेसबिचँ प्रतिष्पर्धा हुने मालारानी गाउँपालिकामा दलहरु उम्मेदवार चयन गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका लागी शोभाखर खनाललाई सर्वसम्मत चयन गरेको छ । वडाका करिब ३०० जनाको उपस्थितीमा खनाललाई चयन गरिएको हाो । नेपाली काँग्रेस मालारानीका संयोजक समेत रहेका खनाललाई तिकरामा खनालको प्रस्ताव र मोति खनाल, कृष्ण गौतम, शान्ता खनाल लगाएत वडा समितीले पुर्ण रुपमा समर्थक गरी सर्वसम्मत चयन गरेको हो । गतनिर्वाचनमा ३६ मतले पराजय भएका खनाल पुनः वडा अध्यक्षका लागी चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्यतमा यहाँ नेकपा र काँग्रेसविच नै प्रतिष्पर्धा हुने देखिन्छ । उम्मेदवार चयन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले समग्र मालारानीको भष्ट्रचार रोक्नका लागी काँग्रेसलाई विजयी बनाउँनुपर्ने बताए । तत्कालीन एमालेबाट वडा अध्यक्षमा विजयी जिवन चौहानको मोटरसाईकल दुर्घटनामा परि उपचारको क्रममा निधन भएको थियो । नेकपाले पनि उम्मेदवार सर्वसम्मत चयन गरिएको छ। वडा अध्यक्षका लागी १२ जना आकाक्षी रहेपनि सर्वसम्मत यमलाल खनाललाई उम्मेदवार बनाएको नेकपा खनदहले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.