प्रहरीकाे गाेली लागेर कपिलवस्तुमा एक जनाकाे ज्यान गयाे, बजार क्षेत्रमा कर्फ्यू

कात्तिक १४,  कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको उज्यालो सहकर्मी गोपाल भण्डारीले जनाएका छन् । 

लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर-पश्चिमतर्फ सात सय मिटर र पूर्वतर्फ तीन सय मिटरको क्षेत्रमा कर्फ्यू जारी गरेको छ । कर्फ्यूको अवज्ञा गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ । 

बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि बुधबार प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो । 

source:ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.